Loving nepal news

Tuesday, July 27, 2010

मुलुकभरका क्याम्पस प्रमुखहरुको कार्यकक्षमा ताला

कान्तिपुर संवाददाता

काठमाडौं, श्रावण ११ - आन्दोलनरत ११ विद्यार्थी संगठनले मंगलबार मुलुकभर त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसका प्रमुखहरुको कार्यकक्षमा ताला लगाएका छन् ।

प्रवीणता प्रमाणपत्र तह हटाउने सरकारको निर्णययको विरोधमा तीन ठूला दल निकटबाहेकका अन्य विद्यार्थी संगठनले ताला लगाएका हुन् । उनीहरुले राजधानीका रत्नराज्य, ललितकला, पाटन, सानोठिमी, महेन्द्ररत्न लगायत अधिकांश क्याम्पसमा ताला लगाएका छन् ।

यस्तै, राजधानी बाहिरका वुटवल, भैरहवा, नेपालगन्ज, विराटनगर, भद्रपुरलगायत स्थानमा रहेका आङ्गिक क्याम्पसका प्रमुखको कार्यकक्षमा पनि ताला लगाएको अनेरास्ववियु पाँचौका अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए ।

प्रमाणपत्र तह हटाउने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने ११ विद्यार्थी संगठनले बताएका छन् । माओवादी, कांग्रेस र एमाले निकट विद्यार्थी संगठनसँग त्रिभूवन विश्वविद्यालयले प्रमाणपत्र तह खारेज गर्ने सहमति गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks