श्रीमती र छोराले चिर्पट प्रहार गरी एक व्यक्तिको हत्या
सञ्जीव चापागाई,झापा २७ असार
झापाको वनियानीमा गयराती आफ्नै श्रीमती र छोराले कुटपीट गरी एक व्यक्तिको
हत्या गरेका छन। वनियानी–८ का ४० वर्षीय घनेन्द्र बस्नेतलाई आफ्नै श्रीमती र
छोराले चिर्पट प्रहार गरी हत्या गरेका हुन। घरायषी झगडा वड्दै जादा वस्नेतलाई ३५ वर्षिया श्रीमती रीना कुमारी र छोरा सन्तोषले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
हत्यामा संलग्न बस्नेतकी श्रीमती र छोरालाई आज बिहान प्रहरीले पक्राउ गरेको
छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी
सोधपुछ र कारवाही सुरु गरिएको जनाइएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks