Loving nepal news

Wednesday, July 21, 2010

खानेपानी मुहान बगायो

मोरङको भुवा खोलामा आएको बाढीले लेटाङ खानेपानी योजनाको मुहान बगाएपछि करिब ३५ हजार उपभोक्तालाई स्वच्छ खानेपानीको समस्या भएको छ ।

बाढीले करिब १५ मिटर मुहान बगाएको उपभोक्ता समिति अध्यक्ष शंकर राईले जनाए । मुहान बगाउँदा करिब १० लाखको क्षति पुगेको छ । अध्यक्षका अनुसार योजनाको मुहान बगाएर आपूर्ति ठप्प हुँदा लेटाङवासी स्थानीय चिसाङ खोला र सुन्तले जरुवाको धमिलो पानी पिउन

बाध्य छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks