Loving nepal news

Tuesday, July 13, 2010

कोसी ब्यारेजको बहाब घटदै/खतराको साइरन यथावत

कोसी ब्यारेजको बहाब घटदै/खतराको साइरन यथावत
कान्तिपुर संवाददाता
इनरुवा, अषाढ २९ - बिगत तीन दिन यता कोसी नदीमा बढेको पानीको बहाब गएरातीदेखी घट्न थालेको छ । पानीको बहाब घट्न थालेपनि कोसी ब्यारेजमा खतराको साइरन र रातो बत्ती भने हटाइएको छैन ।

सोमबार साँझसम्म कोसी ब्यारेज भएर एक लाख ७३ हजार चारसय १० क्युसेक पानीको प्रतिसेकेन्ड बहाब रहेकोमा मंगलबार बिहान सवा ६ वजे गरिएको मापन अनुसार एकलाख ५३ हजार ४० क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गएरातीदेखी पानी पर्न रोकिएकाले बहाबमा केही कमी देखिएपनि पानी पर्ने मौसम देखिएकाले बहाब अझ बढन सक्ने कोसी ब्यारेजस्थित जनयन्त्रण कक्षले जनाएको छ । पानीको बहाबमा केही कमी देखिएपनि कोसी ब्यारेजमा खतराको साइरन र रातो बती वाल्ने काम भने अझै भइरहेको छ । एक लाख ५० हजार क्युसेक भन्दा माथी पानीको बहाब पुग्ने बितिकै ब्यारेजमा राते बती र साइरन वजाउने गरिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks