Loving nepal news

Wednesday, July 21, 2010

आधा दर्जन उद्योग बन्द

विराटनगर, श्रावण ६ - लोहन्द्रा खोलाको बाढी पसेर बुधबार मोरङको कटहरी गाविसका ३ सय ७६ घर विस्थापित भएका छन् । बाढीले कटहरी करिडोरका आधा दर्जन उद्योगका उत्पादन बन्द भएको छ । घटना स्थलमा रहेका प्रहरी नायब निरीक्षक ढुण्डी पोखरेलका अनुसार क्वालिटी सोप एन्ड केमिकल, नेपइन्ड फेलेक्सी प्याक प्रालि, क्वालिटी केम प्रालि, क्वालिटी वाएल इन्डस्ट्री र अन्नपूर्ण मैदा मिलको मेसिनरी प्लान्ट, तयारी तथा कच्चा पदार्थ राखिएको गोदाममा पानी पसेर उत्पादन बन्द भएको हो । उद्योगभित्र तीन फिटसम्म पानी जमेको छ । पोखरेलका अनुसार ती उद्योगमा लाखौंको क्षति भएको छ । बाढीले कटहरी १ र २ मा ५०-५०, ५ मा १५, ८ मा ३० र ९ मा २ सय ३१ घर विस्थापित भएका छन् । नायब निरीक्षक पोखरेलका अनुसार विस्थापितलाई स्थानीय सरकारी तथा निजी विद्यालयमा राखिएको छ । उनीहरूलाई गाविसले प्रारम्भिक राहतस्वरूप चिउरा र चामल उपलब्ध गराएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks