काठमाडौं, श्रावण ५ - प्रधानमन्त्री माधवकुमार नेपालले अर्को निर्णय नभएसम्म एमालेले कुनै दललाई समर्थन नगर्ने बताएका छन् ।
'अर्को निर्णय नभएसम्म हाम्रो केन्द्रीय कमिटीले गरेको निर्णय कायमै छ,' बुधबार भएको प्रधानमन्त्री निर्वाचनपछि संसद बाहिर पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्रीले भने । एमालेले दुई तिहाइ मत पाउने सुनिश्चित भएमात्र निर्वाचनमा भाग लिने अन्थया कुनै दललाई समर्थन नगर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री नेपालले अझै पनि दलहरुबीच सहमति निर्माण गर्नुको विकल्प नभएको उल्लेख गरे । 'सहमतिबाट अगाडि बढ्नुको विकल्प छैन,' उनले भने, 'सहमतिका लागि अलिक गम्भीर प्रयास गर्नु जरुरी छ ।'
प्रधानमन्त्रीले बहुमतको सरकारले संविधान निर्माण र शान्ति प्रक्रिया पूरा गरी मुलुकलाई सहज ढंगले निकास दिन नसक्ने भएकाले मुख्य दलहरुबीच राष्ट्रिय सहमति हुन आवश्यक रहेको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks