कान्तिपुर संवाददाता
धनकुटा, श्रावण ११ - कांग्रेसका नेता प्रदीप गिरीले १२ औं महाधिवेशनले पार्टीलाई आमूल परिर्वतन गर्ने दावी गरेका छन् ।
कांग्रेस धनकुटाले मंगलबार सदरमुकाममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गिरीले पार्टी प्रजातान्त्रिक अभ्यासबाट पूर्णरुपमा खारिन महाधिवेशनले सहयोग मिलेको बताए । उनले जनता र कार्यकर्ताको भावना र चाहना अनुसार कांग्रेस स्थापित बन्ने उल्लेख गरे । विगतका तितामिठा कुरालाई मिलाएर महाधिवेशनले सबैलाई एकताबद्ध गर्दै दहि्रलो बनाउने उनको दाबी थियो । कांग्रेस नेतृ चित्रलेखा यादवले मुलुकको समस्या समाधान गर्न सहमति र सहकार्यबाट मात्र सम्भव हुने बताइन् । नयां नेपालको मूर्त रुप सहमति र सहकार्य प्रमुख विषय हो, उनले भनिन् तर ससाना समस्यालाई चर्काएर ठुलो रुप दिइ राष्ट्र र जनतालाई वेवास्था गरिने पद्दतिको सबै दलले अन्त्य गर्नु जरुरी छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks