Loving nepal news

Friday, July 23, 2010

अन्तर्राष्ट्रिय अपराधी समूह क्रियाशील;लागू औषधमा जनशक्ति थपिने

जितेन्द्र साह

काठमाडौ, श्रावण ८ - देखावटी व्यवसाय र नक्कली परिचयको आडमा राजधानीमा सक्रिय दक्षिण- पश्चिमी अफ्रीकी मुलुकलगायतका नागरिकको अनुगमन थालिने अध्यामगन विभागले जनाएको छ ।

लागूऔषधको कारोबार र विभिन्न खालका ठगीमा उनीहरूको संलग्नता देखिदै आएकाले प्रहरीसूग मिलेर अध्यागमन विभागले अनुगमन टोली गठन गर्ने निर्णय गरेको हो ।

'यसबारेमा जानकारी राख्ने पर्यटक प्रहरीसूग समन्वय गरेर कारबाहीमा जाने तयारीमा छौं,' विभागका निर्देशक यज्ञ बोहराले भने । सरकारले यसअघि शंकास्पद गतिविधिमा संलग्न रहेको आंशंकामा नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया र इथियोपियालगायतका मुलुकबाट आउनेले गृहमन्त्रालयबाट पूर्वभिसा स्वीकृत गराउनुपर्ने व्यवस्था गरिसकेको छ ।

विभिन्न बहानामा ती मुलुकका नागरिक भिसाको म्यादभन्दा बढी समय बस्ने र ऐनविपरीतका कारोबारमा संलग्न भएका सूचना प्राप्त हुँदै आएको विभागले जनाएको छ । 'ती मुलुकका नागरिकले पि्र-भिसा लिनुपर्छ,' उनले भने । बोहराका अनुसार प्राप्त सूचनाका आधारमा गैरकानुनी तरिकाले बस्दै आएकालाई क्षतिपूर्ति र जरिवाना तिराउनेलगायतका कारबाही गर्दै आए पनि हाल अभियानका रूपमा जान लागिएको हो ।

स्थलगत रिपोर्टिङका क्रममा सामाखुसी, ठमेल र पकनाजोलमा छयाप्छयाप्ती भेटिएका अधिकांश दक्षिण- पश्चिम अपि|mकी मुलुकका नागरिकले यसबारेमा कुरा गर्न मानेनन् ।

'हो, उताबाट आएका धेरैजसो गैरकानुनी तरिकाले बसेर गैरकानुनी काम गरिरहेका छन्,' पेसाले इन्जिनियर एक नाइजेरियालीले

भने, 'मैले खुलारूपले बोल्नु

हुन्न, मलाई नै जोखिम हुन्छ ।' उनले यो त सरकारले निगरानी गर्ने विषय भएको बताए । उनी आफै दुई वर्षदेखि राजधानी बस्दै

आएका छन् ।

प्रहरीका अनुसार भारत र नेपालमा ठूलो संख्यामा यस्तो समूह प्रवेश गरेको र दुवै मुलुकबाट आपराधिक नेटवर्क सञ्चालन गरेको पाइएको छ । 'उनीहरूको संख्या यकिन नभएकाले प्रहरीसँग मिलेर अनुसन्धान र काराबाहीमा जान लागेका हौं,' बोहराले भने । पर्यटकीय भिसा बाहेक व्यावसायिक, वर्किङ र म्यारिज भिसामा ठूलो संख्यामा अपि|mकीहरू राजधानी बसेको विभागले बताएको छ ।

राजधानीमा लुकेर बसेका यस्ता समूहको संख्या ठूलो रहेको र अध्यागमनले तत्काल 'एक्सनमा जानुपर्ने प्रहरीले सुझाव दिंदै आएको छ । अनुसन्धान अधिकृतहरूका अनुसार पाकिस्तान र अफगानी सीमामा सक्रिय अलकायदा र तालेवानी विद्रोहीले मनग्यै आम्दानी हुने यस कारोबारमा अपि|mकी एवं एसिलायी मुलुकका बेरोजगारलाई लक्षित गर्दै आएका छन् ।

विश्वभरि हेरोइन खपत गराउन कट्टरपन्थीहरूले नाइजेरिया, क्यामरुन र दक्षिण अपि|mकालाई प्रयोग गरिरहेको छ । 'महिनांै दिनको अनुशरण र पिछापछि मात्र उनीहरू प्रहरीको हातमा पर्छन्,' अनुसन्धान अधिकृतले भने ।

लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइका अनुसार झन्डै छ वर्षको अवधिमा दक्षिण-पश्चिम अपि|mकी मुलुक क्यामरुन, नाइजेरिया, तान्जानिया, युगान्डा र मोजाम्बिकका ११ जना यो कारोबारमा पक्राउ परेका छन् ।

उनीहरूबाट ३ किलो ५ सय ५३ ग्राम सेतो हेरोइन, १ किलो खैरो हेरोइन र ११ किलो २ सय ७० ग्राम चरेस बरामद गरिएको थियो । उक्त अवधिमा १५ जनाभन्दा बढी अपि|mकी मुलुकका नागरिक विभिन्न खालको ठगीमा कारबाहीमा परिसकेका छन् ।

'हेरोइन र चरेससहित पक्राउ परेका अधिकांश विदेशीहरू काठमाडौंमा शरणार्थी र आयात-निर्यात व्यवसायीका रूपमा बसेको देखियो,' एकाइका प्रमुख डिआइजी गणेशराज राईले भने । पक्राउ व्यक्तिबाट खुलासा भएअनुसार पर्यटकीय भिसामा आएर डेरा लिएर बसी गैरकानुनीरूपले विभिन्न कारोबारमा संलग्न रहेको एकाइले जनाएको छ ।

एकाइका अनुसार उनीहरूले यो कारोबारको क्रममा स्थानीयलाई विश्वासमा लिन नेपालीसँग बिहे र प्रेम समेत गरेर बसेको पाइयो । यसका कारोबारीहरू अन्य मुलुकमा यही शैलीमा बसोवास गरेर नेटवर्क विस्तार गर्ने गरेको उनीहरू बताउँछन् ।

पहुँच र संरक्षणका लागि उनीहरूले प्रहरी एवं उनीहरूका परिवारलाई विश्वासमा लिएको देखिएको छ । उनीहरूकै घरमा डेरा लिएर बसेको समेत एकाइको अनुसन्धानमा उल्लेख छ ।

स्रोतका अनुसार कारोबारका क्रममा उनीहरूले प्रहरीकै छोरी र श्रीमतीलाई समेत माया र उपहारको मोहमा फसाउने गरेको पाइयो । उनीहरू दुई महिनादेखि दुई वर्षसम्म काठमाडौं बसेर नेटवर्क विस्तार गर्ने र त्यसपछि यो सहरलाई 'ट्रान्जिट प्वाइन्ट' का रूपमा प्रयोग गरेर लागूपदार्थ पठाउने गरेको टे्रन्डको खुलासा भएको छ ।

एकाइका अनुसार यो नेटवर्कमा डिजे, खेलाडी र चिनियाँ एवं ताइवानी सामानको व्यवसायी भएर काठमाडौ बस्ने दक्षिण-पश्चिमी अपि|mकी मुलुकका नागरिक बढी छन् ।

'अधिकांशसँग बिजनेस भिसासमेत हुन्न, उनीहरूसँग भएको सामान्य भिसाको म्यादसमेत नाघेको हुन्छ,' एकाइका डिएसपी दिवस उदासले भने । उनका अनुसार अधिकांशले भिआइपी एरिया, बसपार्क, पर्यटन क्षेत्र र दूतावास भएको क्षेत्रमा डेरा लिएर बसेको पाइयो

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks