Loving nepal news

Thursday, July 22, 2010

घर भत्किदा एकै परिवारका ४ को मृत्यु

बिप्लब महर्जन

सल्यान, श्रावण ७ - अविरल वर्षाका कारण घर भत्किदा सल्यानको सिनबाङ्गको छापनेटामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । बिहीबार राती १० बजेतिर घर भत्किदा सुतिरहेका ६० वर्षीय केशवबहादुर साहु, श्रीमती चन्द्रकली साहु, उनका छोरा कमल साहु, ८ वर्षीय छोरा केशबहादुर साहु रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लुमहीबाट बिहानै पुगेको प्रहरी टोलीले अहिले उद्धार कार्य जारी राखेको छ । भत्किएको घरमा अरु पनि परेको हुन सक्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks