Loving nepal news

Sunday, July 25, 2010

राखेप उपाध्यक्षको मुद्दाको फैसला सर्‍यो


जगदीश्वर पाण्डे

काठमाडौं, श्रावण ९ - राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको फैसला सरेको छ ।

न्यायाधीशहरु तेजप्रसाद शर्मा र रणबहादुर बमको संयुक्त इजलासले मुद्दाको फैसला साउन २५ गते सम्मका लागि सारेको हो । पक्ष-विपक्षबिच कुनै सुनुवाइ नहुँदै न्यायाधीशले मुद्दा सारेका हुन् ।

राखेपमा दुई साता अघि भएको घटनालाई लिएर युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले उपाध्यक्ष तिम्सिनालाई पदबाट हराएका थिए । तिम्सिनाले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । एक साता अघि अदालतले तिम्सिनालाई अर्को आदेश नभएसम्म उपाध्यक्ष पदमा नै रहन 'स्टे अर्डर' दिएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks