सीमामा अपराध नियन्त्रण गर्न नेपाल-भारत सहमत
परासी ३१ असार (दैनिकी)
भारतीय सीमा सुरक्षा बल एसएसबी र नवलपरासी प्रहरीबीच शान्तिसुरक्षा कायम गर्न दुवै देशलाई सहयोग गर्ने सहमति भएको छ । नवलपरासीको सिमावर्ती झुलनीपुरको एसएसबी क्यापमा उक्त सहमति भएको हो । नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले नेपाल र भारतीय सुरक्षा अधिकारीबीचको छलफलमा अपराध नियन्त्रण गर्न एक अर्कालाई सहयोग गर्ने मौखिक सहमति भएको जानकारी दिनुभयो । उक्त टोलीमा नेपालका तर्फबाट प्रजिअ पन्त सहित सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्ल, प्रहरी उपरीक्षक कृष्णप्रसाद गौतमलगायत सहभागी हुनुहुन्थ्यो । यसैगरी भारतीय टोलीको नेतृत्व एसएसबीका एसपी ललितकुमार र डिएसपी रमेश कुमारले गर्नुभएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks