Loving nepal news

Sunday, July 18, 2010

सहमतिको सरकार बनाउन सहमत

काठमाडौँ, साउन २ गते । एकीकृत नेकपा (माओवादी) र चार मधेसवादी दल राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएका छन् । माओवादी संविधानसभा व्यवस्थापिका-संसद् दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको संयुक्त बैठकमा सो सहमति भएको हो ।

मधेसवादी दलहरूले बैठकमा शान्ति, संविधान र मधेसका मुद्दालाई सम्बोधन गर्ने दललाई समर्थन गर्ने भनाइ राखेको बताउँदै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले भन्नुभयो- "हामीले तपाईंहरूका सबै मागप्रति हाम्रो बिमति छैन भन्याँै ।"

सहमतिको सरकार निर्माणमा मधेसवादी दलको भूमिका महìवपूर्ण हुने भएकाले आफूहरूले सकेसम्म सहमतिको सरकार र यो सम्भव नभए दुईतिहाइ बहुमतको सरकार बनाउन ती दलसँग आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि आफूहरूले स्वायत्त मधेस प्रदेशको मागलाई सम्बोधन गर्ने र शान्ति, संविधानप्रति प्रतिबद्ध दललाई सहयोग गर्ने अडान राखेको जानकारी दिनुभयो ।

बैठकमा माओवादी, तराई मधेस लोकतान्त्रिक पार्टी, फोरम, फोरम लोकतान्त्रिक र सद्भावना पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो ।

यसैबीच, संविधानसभामा प्रतिनिधित्व गर्ने १० वटा साना दलले एकीकृत नेकपा -माओवादी)को नेतृत्वमा सरकार बन्नुपर्ने कुरामा पुनः जोड दिएका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको अर्को संयुक्त बैठकमा ती दलहरूले सो कुरामा जोड दिएका हुन् ।

आफूहरू लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष र सङ्घीयताको पक्षधर भएकाले एकीकृत नेकपा -माओवादी)ले सो कुरा उठाउँदै आएको हुँदा माओवादी नेतृत्वमा सरकार बनाउनुपर्ने उनीहरूको भनाइ थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले १० साना दलले आफूहरूलाई सहयोग गर्ने वचन दिएको बताउनुभयो । उपाध्यक्ष डा. भट्टराईले माओवादीलाई समर्थन गर्न राजी साना दलमा मधेसी जनअधिकार फोरम, नेकपा -एकीकृत), राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाः राष्ट्रिय पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी र चुरेभावर राष्ट्रिय एकता पार्टी रहेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks