बलात्कारको अभियोगमा एक जना पक्राउ
वर्दिवास ३१ असार (दैनिकी)
बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई इलाका प्रहरी कार्यालय वर्दिवासले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीबाँस-३ बस्ने ३० वर्षीय रमेश पजियार रहेको इलाका प्रहरी वर्दिवासले जनाएको छ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पजियारलाई पक्राउ गरेको हो ।
घरमा कोहि नभएको बेला अभियुक्त पजियारले सोहि वडा घर भएका बले दमाइको १२ वर्षीया छोरीलाई असार २३ गते बलात्कार गरेका थिए । पक्राउ परेका पजियारलाई प्रहरी नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी वर्दिवासले जनाइएको छ
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks