ओखलढुंगा , श्रावण ८ - एमाले नेता छविलाल कार्कीको हत्यामा संलग्न रहेको आरोपित अभियुक्तहरुको पक्राउ शुरु भएको छ ।
नेता कार्कीका श्रीमति शकुन्तला राजभण्डारी कार्कीको किटान जाहेरीमा नाम उल्लेख गरिएका मध्ये ठूलाछाप ३ का देववहादुर कटुवाल, ठूलाछाप २ का दिलबहादुर सार्की, छविकै दाजु चन्द्रकुमार कार्की रहेका छन् भने प्रहरीले मंगलबारै काठमाडौमा दियाले ९, का टिका भुजेललाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।
भुजेललाई थप अनुसन्धानको लागि छिट्टै जिल्ला ल्याउने तयारी भइरहेको समेत स्रोतको दाबी छ । भुजेल ओखलढुंगा क्याम्पसका स्नातक तहका विद्यार्थी हुन भने गएको स्वतन्त्र विद्यार्थी युनिएनका चुनावमा ओखलढुंगा क्याम्पसमा क्रान्तिकारी विद्यार्थी तर्फका उम्मेदवार समेत थिए । किटान जाहेरीमा १३ जनाको नाम उल्लेख छ । पक्राउ गरिएका अभियुक्तहरुको बारेमा प्रहरीले भने बताउन चाहेनन्
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks