भक्तपुर, श्रावण ११ - त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तह हटाएको बिरोधमा आन्दोलनमा उत्रेका विभिन्न १० वटा विद्यार्थी संगठनले उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी भक्तपुरका प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् ।
उनीहरुले मंगलबार परिषद्का उपाध्यक्ष डा.उपेन्द्र कोइराला तथा सदस्य सचिव रामबहादुर खडकाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । त्रिविले प्रमणपत्र तहमा भर्ना गर्नुपर्ने माग राख्दै अनेरास्ववियु पाँचौं,मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक,नेपाल क्रान्तिकारी विद्यार्थी संघ र तराई मधेश विद्यार्थी फ्रन्ट लगायतले आन्दोलन सुरु गरेको हो । यस शैक्षिक सत्रदेखि लागु हुने गरी त्रिविले प्रमाणपत्र तहमा भर्ना बन्द गरेको छ । तीन ठूला दल निकटका विद्यार्थी संगठन बाहेकका संगठनहरु त्रिविको उक्त निर्णय विरुद्ध आन्दोलनमा छन् ।
आन्दोलनरत् विद्यार्थी संगठनहरुले मुलुकभर त्रिविका आंगिक क्याम्पसका प्रमुखहरुको कार्यकक्षमा ताला लगाएका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks