Loving nepal news

Friday, July 16, 2010

न्यायाधीश कार्की निलम्बित

न्यायाधीश कार्की निलम्बित
कुमार विवेकानन्द मिश्र




काठमाडाँै, असार ३१ गते । कानुनबमोजिम थुनामा पठाउनुपर्ने अभियुक्तलाई सामान्य धरौटीमा रिहा गरी न्यायबाट विचलित भएको आरोपमा न्यायपरिषद्ले पुनरावेदन अदालतका एक न्यायाधीशलाई निलम्बन गरेको छ ।

प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद्को बैठकले पुनरावेदन अदालत हेटौँडाका न्यायाधीश तेजबहादुर कार्कीलाई निलम्बन गरेको हो । परिषद्ले त्यस विषयमा छानबिन गर्न सर्वाेच्च अदालतका न्यायाधीश बलराम केसीको संयोजकत्वमा एक सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ ।

भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनाले न्यायाधीश कार्कीलाई आर्थिक प्रलोभनमा पारी आˆना तीन सहकर्मीलाई छुटाएको र त्यो खर्च नै उठाउन डा. श्रेष्ठलाई अपहरण गरेको बयान दिएपछि न्यायपरिषद्ले छानबिन गरेको थियो ।

स्थानीय प्रहरीसमक्ष गरिएको बयानका आधारमा परिषद्ले गरेको प्रारम्भिक अध्ययन एवं अनुसन्धानबाट न्यायाधीश कार्की दोषी पाइएपछि निलम्बनको निर्णय गरिएको परिषद् सचिवालयले जनाएको छ । काठमाडौँ जिल्ला न्यायाधीश रहँदा दुई वर्षअघि कार्कीले अपहरण तथा शरीरबन्धक मुद्दाका तीन अभियुक्त सञ्जय श्रेष्ठ, रोहित पलविन अग्रवाल र भीमसेन पण्डितलाई सामान्य धरौटीमा रिहा गर्ने आदेश गर्नुभएको थियो ।

कानुनबमोजिम मुद्दाको पुर्पक्षको सिलसिलामा थुनामा पठाउनुपर्ने अभियुक्तलाई न्यायाधीश कार्कीले २०६५ असार १० गते एक मुद्दामा जनही एक लाख २५ हजार र अर्काे मुद्दामा जनही ३५ हजार नगद वा जेथा जमानत राखी तारेखमा छोड्न आदेश गर्नुभएको थियो ।

डा. श्रेष्ठको अपहरणकाण्डमा पक्राउ परेका अभियुक्तहरू बद्रीप्रसाद ढुङ्गाना, नवीन क्षेत्री र सुनील श्रेष्ठले दुई वर्षअघि आˆना सहकर्मीहरू श्रेष्ठ, अग्रवाल र पण्डितलाई छुटाउन न्यायाधीश कार्कीलाई आर्थिक प्रलोभनमा पारेको र त्यसपछि आˆना सहकर्मीहरू थुनामा नगई धरौटीमा रिहा भएको बयान दिएका थिए ।

न्यायपरिषद् ऐन २०४७ को दफा ४ -क)को देहाय २ -घ)बमोजिम प्रयोग हुनै नसक्ने कानुन प्रयोग गरी कानुनको स्पष्ट व्याख्या वा अर्थलाई छाडेर बलपूर्वक अर्काे व्याख्या वा अर्थ गरी त्यो आदेश गरिएको र न्यायाधीश कार्कीमा कार्यक्षमताको अभाव पाइएको पनि प्रारम्भिक

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks