Loving nepal news

Friday, July 30, 2010

सभामुख र माओवादी अध्यक्षबीच परामर्श

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण १५ - व्यवस्थापिका संसदमा तेस्रो पटक हुने प्रधानमन्त्री निर्वाचनको तिथी नजिकिएको बेला प्रधानमन्त्रीका प्रत्यासी माओवादी अध्यक्ष पुष्पकमल दाहाल र सभामुख सुवास नेम्वाङबीच विभिन्न विषयमा छलफल भएको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा शनिबार बिहान भएको भेटमा दाहाल र नेम्वाङबीच वर्तमान राजनीतिक गतिरोध र प्रधानमन्त्री निर्वाचनबारे छलफल भएको छ । प्रधानमन्त्री चयनमा देखिएको जटिलताप्रति सभामुखले चिन्ता व्यक्त गरेका थिए ।प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि बहुमतीय पद्धतीबाट प्रधानमन्त्री चयन गर्न साउन ५ र ७ गते भएको निर्वाचनमा प्रधानमन्त्रीको चयन हुन सकेको छ्रैन । साउन १७ गते व्यवस्थापिका संसदमा पुनःप्रधानमन्त्रीको निर्वाचन हुन लागेको छ । बहुमतका लागि माओवादीले गरेको प्रयास बारे सभामुखले जिज्ञासा राखेको बुझिएको छ । दाहालले दलहरुसंग सहमति जुटाउने प्रयास भइरहेको सभामुखलाई जानकारी गराए । दुई-दुई पटकको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेका छैनन् । गलत सन्देश जाने भएकाले सभामुख नेम्वाङले राजनीतिक परामर्श सुरु गरेका छन् ।

माओवादी अध्यक्ष दाहाल र काँग्रेस नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीका प्रत्यासी छन् । एमाले र मधेशी मोर्चा दुई निर्वाचनमा तटस्थ बसेका कारण प्रधानमन्त्रीको चयन हुन सकेको छ्रैन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks