काठमाडौ, श्रावण १३ - गल्फ एयरले बहराइनमा अवैध रूपमा बसेका कामदारलाई सजिलै स्वदेश फर्काउन टिकटर दरमा कटौती गरेको छ ।
अवैध रूपमा काम गरिरहेका मध्ये र्फकन चाहनेका लागि बहराइनदेखि एकतर्फी टिकटमा यस्तो सुविधा दिइएको हो । बहराइनस्थित श्रमबजार नियमन निकायले श्रम समस्या सुल्झाउन र सजिलै स्वदेश फिर्ता गर्न आग्रह गरेपछि कम्पनीले निकै सस्तोदरमा टिकटको व्यवस्था गरेकेा हो । कम्पनीले भाडामा आधाभन्दा बढी कटौती गरेको जनाएको छ । हाल बहराइनदेखि काठमाडौंको एकतर्फी भाडा १८ हजार रुपैयाँ छ ।
यस्तो सुविधा पाउने कामदारहरूमा गल्फ एयरको सिधा उडान हुने गन्तव्य नेपाल, भारत, बंगलादेश, पाकिस्तान र मनिला रहेका छन् । यी देशबाट गएका कामदारले यो सुविधा अन्तर्गत ४० किलो सामान निःशुल्क ल्याउन पाउनेछन् ।
बहराइनमा करिब ७० हजारको हाराहारीमा नेपाली कामदार छन् । जसमध्ये २५ प्रतिशत अवैध रूपमा बसिरहेको वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष तिलक रानाभाटले बताए ।
अधिकांश नेपाली निर्माण क्षेत्रको कामका लागि बहराइन जाने गरेका छन् । वैदेशिक रोजगारका लागि नेपाली जाने अन्य मुलुक कतार, दुबई र मलेसिया रहेकेा छ । 'त्यहाँ कामदारले सही तलब पाउने भएकाले खासै समस्या छैन,' रानाभाटले भने ।
बहराईनका कम्पनीहरूले सरकारले तोकेबमोजिमकै तलब तथा सुविधा दिँदै आएको उनले बताए । यस्तो अभियानले अव्यवस्थित रोजगारलाई घटाउन र सामाजिक दायित्व निर्वाहका लागि महत्त्वपूर्ण भूमिका निभाउने एयरका प्रमुख कार्यकारी समेर मजालीले ैबताए ।
यसका साथै एयरले बहराइन जाने कामदारका लागि सही सूचना सम्प्रेण गर्ने र श्रम कानुनअन्तर्गत रहेर काम गर्न सचेतना बृद्धि गराउने काम पनि गर्ने भएको छ ।
ट्रेडन्युज डट कमका अनुसार निकायका उपाध्यक्ष राजी अब्दुल रहमान र गल्फ एयरका कर्पोरेट मामिलाका निर्देशक मोहम्मद अमिन हिलिवाले यस्तो सुविधाका सम्बन्धमा बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks