वोक्सिको आरोमा हत्या गरीएका दम्पतिका तिन अभियुक्त पक्राउ
दशरथ घिमिरे लमही २७ असार
वोक्सिको आरोपमा देउखुरीका एक दम्पतिको हत्या गरेका तिन अभियुक्तहरुलाई पक्राउ गरी जघन्य अपराध अर्न्तगत कर्तव्य ज्यान मुद्धा चलाइएको छ। जस मध्य मुख्य अभियुक्त फ्रहार रहेका छन। उनको खोजि कार्य जारी रहेको प्रहरीको भनाइछ। दम्पतीको हत्या गएको २० गते राती भएको हो।
गोठमा जागै वसीरहेको सतवरीयाँ–२ वनघुस्री खुटि्टका ४५ वर्षिय मनोशोभा गुरुङ्ग र उनका श्रीमान ५५ वर्षिय वरदान गुरुङ्ग को हत्या गरीएको थियो। मनोशोभा लाई छुरीले घाटिं रेटेर र वरदान लाई डोरीले पासो लगाएर हत्या गरीएको थियो।
योजना वद्ध तरीकाले वोक्सिको आरोप लगाएर दम्पतिको हत्या गरीएको जिल्लामा पहीलो घटना भएको ईलाका प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख हरीदास श्रेष्ठले वताउनु भयो। घटनामा संलग्न रहेका सतवरीयाँ–२ वनघुस्रीका रमेश नेपाली र जयराम नेपाली लाई जघन्य अपाराध अर्न्तगत कर्तव्य ज्यान मुद्धा दर्ता गरीएको छ।
हत्याका मुख्य अभियुक्त मेघराज नेपालीको श्रीमती विमला नेपाली वोक्सि लागेका कारण विरामी परको झाक्रिले वताएपछि योजना वद्ध दम्तीको हत्या गरीएको प्रारम्भिक वयानमा उल्लेख गरीएको छ। विरामी भनिएकि विमलाको मानसिक स्थिति ठिक नभएको र उनि समय समयमा पागल जस्तै हुने, कराउने चिच्चाउने, माटो खाने जस्ता समस्याले सताएको स्थानिय वासीले वताएका छन।
पक्राउ परेका दुईको हालै जिल्ला अदालत वाट म्यात थप गरी अनुसन्धानका लागी ईप्रका लमहीमा राखीएको छ। घटनामा प्रत्यक्ष संलग्न रहेका सोही गाउँका शिव प्रसाद चौधरी र घटनाका मतीयार जयराम नेपालीका भिनाज ुगंगापरस्पुर– ८ वाकिंका रमेश नेपालीलाई प्रहरीले पक्राउ गरीसकिएको छ। उनिहरुको आईतवार आज म्यात थप गरीने छ।
वोक्सिका कारण विरामी भएको र घर दिशा किटानि गरेवाफत गढवा–३ अटरवेदुवाका २४ वर्षिय झाक्रि टुकेन्द्र विष्ट लाई पनि प्रहरीले आफ्नो हिरासतमा राखेको छ। झाक्रि लाई मुलुकि ऐन महल १९ अदलको १० ख वमोजिम मुद्धा दर्ता भई अनुसन्धानका लागी प्रहरी हिरासतमा राखिएको ईप्रका लमहीका प्रहरी सहायक निरीक्षक सोमवहादुर सारुले वताउनु भयो।
घटनाका मुख्य अभियुक्त सतवरीयाँ–२ वनघुस्रीका मेघराज नेपाली र उनिकी श्रीमती विमला नेपाली फ्रारहार छन। घटना घटाएर मेघराज श्रीमतीका साथ रातारात भारत तर्फ भागेको प्रहरी सहायक निरीक्षक सारुले वताउनु भयो। भागेकाहरुको खोजिकार्य जारी छ, भारतमा पनि खोजि गरीदिन पहल भैरहेको छ उहाँले भन्नु भयो। हत्यामा संलग्नहरुलाई जघन्य अपराध अर्न्तगत २० वर्ष जन्मकैद हुने प्रहरीको भनाई छ। हत्या गरीएका गुरुङ्का तिन छोरा एक छोरी र एक वुहारी छन।
कसरी वन्यो हत्याको योजना
१०/१५ दिन देखी मेघराज नेपालीकि श्रीमती विमला विरामी परेकि थिईन। उनको उपचार वाट पनि निको नभएपछि घरका परीवारले धामि झाक्रि वोलाएर हेराएका थिए। सुरुमा हेराउदा वोक्सि, भुत, मसान, देउता लागेका कारण यस्तो भएको हो भन्ने भनाई झाक्रिले गरेरको थियो। झार फुक भएको केही दिन सम्म निको भएपनि समस्या पुनः वल्भि्कएपछि असार १८ गते अर्काे गढवा–३ अटरवेदुवाका झाक्रि टुकेन्द्र विष्ट संग हेराएका थिए।
टुकेन्द्रले विरामीको घरको पुर्व घर उत्तर ठोका भएको घरको घरको मान्छे वोक्सि लागेको वताएको थियो। झाक्रिले स्थान किटाएपछि रिसले चुरमुरीएका नेपाली परीवारले के गर्ने भन्नेर सोच्न थाले। मारने योजना वनाएका मेघराज लगाएत उनका दाजु, भाई र सहयोगीले योजना अनुसार २० गते दीउसो विमला लाई माईत गढवा छोडेका थिए। उनिहरु ग्ाढवा वाट फर्कने क्रममा आफ्नि दिदि लाई हामीले मारछौं यस्तो दुःख दिने भन्दै कराउने क्रममा उनकि दिदिले यस्तो गर्नु हुदैन भन्दै सम्झए जस्तो गरेकि थिइन।
उनिहरु वेलुकानै घर तर्फ लागे। साझ सुसमुसेमा अर्जनु खोलामा आएका तिन जना दुई ओटा साईकलमा चढेर खुटि्ट तर्फ लागे। साझ पख आफन्तका घरमा खाना खाएर मार्नका लागी डोरी लगाएतका सामाग्री तयार गरेर वरदान गुरुङ्ग र मनोसोभको घर तर्फ लागे। नाताले मामा माईजु पर्ने भएकाले मेघराज, रमेस जयराम र उनका सहयोगी शिवप्रसाद संगै उनका घरमा गएर दुःख सुखका कुरा गर्न थाले। कुरा हुदै जादाँ मुख्य अभियुक्त मेघराजले रक्सि खाम माईजु ल्याउनुस भनेपछि माईजु मनोसोभाले रक्सि पनि छैन, किन्ने पैसा सम्म छैन भनेपछि मेघराजले पैसा दिएर किन्न वठाएका थिए।
रक्सि किन्न निस्किएकि मनोसोभा संगै मेघराज वाहीर निस्किएका मेघराज ले गोठ देखी डेढ सय मिटर पर डोरीको पासो लगाउन थालेपछि त्यसवाट असफल भएपछि उनका भाईले चक्कुको सहायताले घाटिँ रेटेर हत्या गरेका थिए। हत्या गरीसके पछि गोठमा फर्किका दुइ जनाले काम सकिएको वताए लगतै डोरीको पासो लगाएर वरदानको हत्या गरीएको हो।
प्रहरी सहायक निरीक्षक सोम वहादुर सारु संग गरीएको कुराकानिमा आधारीत
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks