Loving nepal news

Saturday, July 17, 2010

संविधान निर्माणको कार्यतालिका आज सार्बजनिक गर्ने

काठमाडौं, २ साउन (दैनिकी)

संविधानसभाले संविधान निर्माणको नयाँ कार्यतालिका आइतबार बस्ने बैठकले सार्बजनिक गर्ने भएको छ । संविधानसभा भबन नयाँबानेश्वरमा अपरान्ह तीन बजे बस्ने बैठकले संविधान निर्माणको उक्त कार्यतालिका घोषणा गर्नेछ । नयाँ कार्य तालिका अनुसार राज्य पुनःसंरचना आयोगले आउँदो १५ गतेदेखि काम सुरु गर्ने प्रस्ताव गरिएको छ । आयोगलाई सुझाव तयार पार्न दुई महिनाको समय दिइएको छ ।
असोज १५ गते राज्य पुनःसंरचना आयोगले प्रतिवेदन बुझाएपछि थप छलफलका लागि राज्य पुनःसंरचना समितिमा लगिनेछ । प्रतिवेदन हस्तान्तरण, समितिमा छलफल तथा संविधानसभाको निर्देशनलगायत प्रक्रियाका लागि १५ दिनको समय तोकिएको छ । राज्य पुनःसंरचनाको प्रतिवेदन पछि संवैधानिक समितिलाई कात्तिक मसान्तसम्म नयाँ संविधानको पूर्ण मस्यौदा तयार पार्न समय दिइएको छ ।
राज्य पुनःसंरचना बाहेक संविधान लेखनका लागि अन्य आठवटा विषयगत समितिका विवादित विषयमा सहमति जुटाउन साउन महिनाभरको समय छुट्टाइएको छ ।
त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यतालिकालाई अन्तिम रुप दिनेछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks