माओवादी नेतृत्वमा सरकार असम्भवः गौतम
धनगढी, असार ३० गते । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले सेना समायोजनको काम सम्पन्न नभएकाले माओवादीको नेतृत्वमा सरकार गठन असम्भव रहेको बताउनुभएको छ ।
प्रेस चौतारी, कैलालीद्वारा बुधबार यहाँ आयोजित पत्रकारसम्मेलनमा नेता गौतमले काङ्ग्रेस वा माओवादीको नेतृत्वभन्दा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको वा त्यसो नभए दुईतिहाइ बहुमतको सरकार गठन हुने सम्भावना देखिएको दाबी गर्नुभयो ।
पत्रकारहरूको प्रश्नको जवाफमा एमाले नेता गौतमले अनमिनले माओवादी सेना समायोजनका लागि ल्याएको कार्यतालिकाका विषयमा ठूलो विरोध गर्नुपर्ने आवश्यकता छैन भन्नुभयो ।
अनमिनले जे भन्छ, त्यो हामी लागू गर्दैनौँ, त्यसैले यसमा विरोध गर्नुको आवश्यकता छैन- उहाँको भनाइ थियो ।
एक अर्काे प्रसङ्गमा उहाँले तीन ठूला दलबाहेकका साना दलका नेताको नेतृत्वमा सरकार गठन र राष्ट्रपति शासन लागू हुने कुरा असम्भव भएको बताउनुभयो । रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks