Loving nepal news

Thursday, July 22, 2010

रेडियो सञ्चालकको हत्याको बिरोधमा तुलसीपुर बजार बन्द/ रेडियोमा शोकधुन

दुर्गालाल केसी

दाङ, श्रावण ७ - सामुदायिक एफएम रेडियो तुलसीपुर सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद धिताल -हेमराज) गोली हानी हत्य भएको बिरोधमा आज बिहानैदेखि तुलसीपुर बजार बन्द गरिएको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघको आकस्मी बैठकले आज उद्योग, कलकारखाना, लगाएत सम्पूर्ण व्यपार व्ययवसाय बन्द गर्ने निर्णय गरेको संघका सचिव बिष्णु पुनले जानकारी दिनुभएको छ । यसैगरी रेडियो तुलसीपुरले आज बिहानैदेखि शोकधुन बजाइरहेको छ । आज दिनिभर नै शोकधुन बजाइने रेडियोका स्टेशन म्यानेजर अर्जुन गिरीले जानकारी दिनुभएको छ । हत्याको बिभिन्न सञ्चार तथा व्यवसायिक संघ संगठले भत्र्सना गरेका छन् ।

कामको सिलसिलामा उरहरी गएर र्फकने क्रममा उरहरी ४ हेमनगरमा उहाँलाई गएराती पौने ८ बजे दुई गोली हानी हत्या गरिएको थियो । मोटरसाइकलमा रहेका धिताललाई ४/५ जनाको संख्यामा रहेको समूह गोली हानेर भागेको जिल्ला प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवालीले बताएका छन् । अहिले जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण गिरीको संयोजकत्वमा एक अनुसन्धान टोली गठन गरी घटनास्थलमा खटाइएको जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभएको छ ।के कस्तो गोली प्रयोग भएको र कसले हत्या गरेको भन्नेबारे केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ । धिताललाई पोष्टमार्टमका लागि अहिले तुलसीपुरबाट राप्ती उपक्षेत्रिय अस्पपताल घोराही ल्याइदैछ ।४२ बषिर्य धितालका २ छोरी र एक श्रीमती छन् । सामाजिक सेवामा समेत आवद्ध धिताल बिगत ५ बर्ष्ादेखि रेडियो तुलसीपुरका सञ्चार सेवा तुलसीपुरको अध्यक्ष पदमा कार्यरत हुनुहून्थ्यो । तुलसीपुर क्षेत्रमा सात महिना यता ब्यापक चन्दा आतंक र लुटपाटका घटना हुँदै आएका छन् । बिभिन्न भूमिगत समूहले व्यापारीसँग चन्दा असुल्ने र बम पड्काएर धम्की दिने कार्यले व्यापारीमा भय छाइरहेको बेला यो घटना भएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks