दार्जिलिङ्गको विच बजारमा अध्यक्ष तामाङ्गको हत्या
सुदिप श्रेष्ठ, ३२ असार
अखिल भारतिय गोरखा लिग -अभागोलि)का अध्यक्ष मदन तामाङ्गको हत्यामा गोरखा जनमुक्ति मोर्चा -गोजमुमो)को हात रहेको आज भारतबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले समचार सम्प्रेसण गरेका छन् । दार्जिलिङ्गको विच बजारमा मे २१ त्ारिकका दिन अभागोलि ले आयोजना गरेकेा सभालाई सम्बोधन गर्न जादै गर्दा तामाङ्गको हत्या गरिएको थियो ।
प्रकाशित समाचारहरुमा तामाङ्गको हत्या गरिएको मे २१ तारिकको दिन हत्या हुनु केहि समय पर्ुवका गोजमुमो का महासचिव रोसन गिरीको आफ्ना कार्यकर्ता हरुसंगको टेलिफेन रर्ेकर्ड जस्ताको तस्तै प्रकाशन गरिएको छ । फोन वार्तामा कार्यकर्ताहरुलाई गिरीले सभास्थलमा घेरा हालि तोडफेड गर्न निर्देशन दिएका छन् । तामाङ्गमाथि हमला भईसकेपछि कार्यकर्ताले हमला भएको जानकारी दिएको पनि रेकर्डमा प्रकाशित भएको छ । रेकर्डमा गोजमुमोका गिरीले आफ्ना अध्यक्षलाई आफ्नै कार्यकर्ताहरुले हत्या गरेको विवरण बताउदै गरेको फेन रेकर्ड र्सार्वजनिक गरिएको छ । गिरीलाइृ सर्म्पर्क गर्दा गनी सर्म्पर्कमा आउन चाहेनन् । पश्चिम वंगाल सरकारले सो रेकर्ड सञ्चारमाध्यसमक्ष र्सार्वजनिक गरेको थियो । मोर्चा प्रमुख विमल गुरुङ्ग, महासचिव रोसन गिरी, र कार्यकर्ता किस्मत क्षेत्री बिच भएको फोन वार्ता र्सार्वजनिक भएपछि अभागोलिका केन्द्रिय सदस्य प्रताप खातीले गोजमुमोका केन्द्रिय नेताहरुलाई तत्काल पक्राउगरि कार्रवाहीको प्रक्रिया अगाडि नवढाए आफुहरु ससक्त आन्देलनमा उत्रने बताए । अभागोलिका महासचिव लक्ष्मण प्रधानले आज पत्रकार सम्मेलन गरि तत्काल कारबाही गनुपर्ने माग राखे । मागको सक्बोधन नगरिए तत्काल भोक हडताल तथा अनिश्चितकालिन दार्जिलिङ्ग बन्दको आहृवान गरिने समेत उनले चेतावनी दिएका छन्। पश्चिम वंगालमा कलकत्ताबाट प्रसारण गरिने कलकत्ता टेलिभिजनले पनि यो समचारलाई प्रमुखताका साथ प्रसारण गरिरहेकेा छ भने गोजमुमोका महासचिव रोसन गिरीको टेलिफोनमार्फ दिईएको अर्न्तवार्ता पनि सो टिभी च्यानलले पटक पटक प्रसारण गरिरहेकेा छ ।
तामाङ्गलाई अज्ञात समुहले धारिलो हतियार प्रहार गरेका थिए । जमुना १ इलाम स्थायी घर भएका तामाङ्गको संस्था अभागोलि ले गोर्खाल्याण्ड छुट्टै राज्य हुनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलनरत थियो भने गोजमुमो पनि एउटै मागका साथ आन्दोलनमा होमिएका थिए । तामाङ्गको शव इलामको मेघ्मा मा लाई अन्त्येष्टी गरिएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks