Loving nepal news

Friday, July 30, 2010

बाढीले बगाएर दुई वालवालिका बेपत्ता / महाकालीको तटवन्ध भत्कने खतरा

चित्रांग थापा

महेन्द्रनगर, श्रावण १४ - विहीवार रातिदेखिको अविरल बर्षाका कारण कञ्चनपुरको ब्रह्मदेव र वागफटाका दुइ वालवालिका बाढीमा बगेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रवार दिउँसो स्थानिय भिमदत्त नगरपालिका - ९ ब्रह्मदेव कि १२ वर्षिया वालिका सन्जु चन्द महाकाली नदीमा बगेर बेपत्ता भएकी हुन् । यस्तै नगरपालिका - १९ बागफाटा धर्मभक्त टोलका १४ वर्षिय रमेश चन्द भासी खोलामा आएको बाढीमा बगेर हराइरहेको प्रहरीले जनाएको छ ।

बगेर बेपत्ता भएका दुवै अवेर साँझसम्म पनि फेला नपरेका कारण दुवैको मृत्यु भइसकेको आशंका गरिएकोछ । 'उनीहरुको खोजी कार्य भइरहेको छ' प्रहरी उपरीक्षक पवन खरेलले बताए ।

महाकालीको तटवन्ध भत्कने खतरा

महाकालीनदीमा आएको बाढीले ब्रह्मदेव नजिक टनकपुर जल विद्युत परियोजनाका लागि निर्माण गरिएको जलासयको तटबन्ध कटान गर्न थालेपछि विहीवारदेखि भारतीय पक्षबाट मर्मत सुरु भएको छ । जलासयको नेपाल तर्फको क्षेत्रमा पर्ने करिव ३० मिटर तटबन्ध कटान भएको ब्रह्मदेव प्रहरी चौकीका इन्चार्ज हिक्मत बोहराले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks