देवरको कुटाईबाट भाउजुको मृत्यु
मनोज पौडेल
कपिलवस्तु , अषाढ २८ - देबरको कुटाईबाट भाउजु चनमती कोरीको मृत्यु भएको छ । जिल्लाको पश्चिम बलरमबापुर गाविस१ बस्ने देबर बृजमन र देउरानी शान्ति कोरीको कुटाईबाट गम्भीर घाइते भएकी चनमतीको सोमबार मृत्यु भएको इलाका प्रहरी कार्यालय महाराजगंजले जनाएको छ ।
कुटाईबाट सख्त घाइते भई अचेत भएकी चनमतीलाई उपचारका लागि महराजगंज स्थित प्राथमिक स्बास्थ्य केन्द्र ल्याउदै गर्दा उनको बाटोमा मृत्यु भएको हो ।
घरमा कोही नभएको मौका पारी गएका देबर र देउरानीले लाठी, चिरपट र दाउरा प्रहार गर्दा उनी सख्त घाइते भएकी थिईन् । उनीहरुको लामो समयदेखि घरायसी झगडा रहेको थियो । कुटपिट गर्ने देबर र देउरानी फरार रहेका छन् । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएकोछ
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks