Loving nepal news

Saturday, July 31, 2010

मुख्य सहित पाँच सचिवले कोसीको निरीक्षण गरे


अबधेशकुमार झा

इनरुवा, श्रावण १५ - कोसीमा पानीको उतारचढाव र बिभिन्न स्थानमा कटान भइरहेका बेला नेपाल सरकारका मुख्य सचिव माधब घिमिरे सहित अन्य चारजना सचिवले शनिबार कोसी क्षेत्रको निरीक्षण गरेका छन् ।

भारतीय मन्त्री र उच्च अधिकारीहरुको कोसी तटबन्ध र ब्यारेजको सुरक्षाप्रति गम्भिरता बढीरहेका बेला आज नेपाल सरकारका मुख्य सचिव सहित उच्च अधिकारीहरुले कोसीको पुर्वी तटबन्धको अनुगमन गरेका हुन् ।

मुख्य सचिब सहितको टोलीले चतरादेखि कोसी ब्यारेज सम्मको पूर्वी तटबन्धको अनुगमन गर्नुका साथै कटान लागेको सुनसरीको पुल्थेगौडा क्षेत्रको पनि निरीक्षण गरेका थिए । टोलीमा मुख्य सचिव घिमिरेका अतिरिक्त सामान्य प्रसासन सचिव वालानन्द पौडेल , मन्त्री परिषद सचिवालयका सचिव लिलामणी पौडेल , सिंचाइ सचिव उमाकान्त झा र राष्ट्रिय सर्तकता केन्द्रका सचिव ताना गौतमसमेतको सहभागिता रहेको सुनसरीका स्थानिय बिकास अधिकारी प्रेम भटराइले जानकारी दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks