रामचन्द्र नेपाल क्वालालम्पुर
मलेसिया जुलाई १५
पैसा कमाउन विदेश आईपुगेका एक नेपाली छ ८ महिना देखि एक छाक मात्रै खाएर काम गरिरहेका छन । सुर्खेतका दुइ नेपाली ८ महिना देखि एक छाक खाएर काम गरिरहेका छन । चौध महिना अगाडि एक मेनपावर कम्पनी वाट मलेसिया आएका सुर्खेत रानीवास ५ का टेक वहादुर खत्री र सोहि ठाउँकै प्रेम वहादुर विक ले मलेसियाको इपो भन्ने ठाउँमा एक छाक खाएर काम गरिरहेका छन ।
छ बटा ठाउँमा काम सरेको भएपनि उनीहरुले भनेजस्तो काम पाएका छैनन । आएको चौध महिनाको अवधिमा चार महिना जति अ एजेन्टले काम नलगाईदिएको कारण त्यसै वस्नुपरेको उनीहरुले बताएका छन । अहिले उनीहरु दुवैजना इपोमा रहेको आईजीनिकमा क्लीनरको रुपमा काम गरिरहेका छन । उनीहरु भन्छन दुइ छाक खान पैसा पुग्दैन अहिले काम गरेको ठाउँमा ५ रिगेट भात खाने पैसा दिन्छ त्यसैमा चित वुझाएका छौ विहान खान्छौ साझँमा भोकै सुत्ने हो ,तलब कती दिन्छ थाहा छैन ।
समस्याको समाधान गर्न नेपालवाट मेनपावरको र्डाईरेक्टर आएर यहाँको एजेन्ट लाई पासपोर्ट वापतको पैसा वुझाएर काममा लगाईदिन अनुरोध गरेेको भएपनि समस्याको समाधान नभएको उनीहरुले बताएका छन ।अहिले भात खान साथीभाई सगं लिएको ऋण ४५ हजार पुगिसकेका उनीहरु बताउछन । एजेन्टले घर पर्ठाईदिन्छु भनेर भन्न थालेको भएपनि उनीहरुलाई घर र्फकन मन छैन । घरमा त्यत्रो ऋण वढीरहेको छ कसरी घर र्फकने हो । मे २२ तारिख देखि उनीहरुको भिषाको भ्याद सकिएको छ । नेपाली दुतावास सम्म खवर पुरयाउने माध्यम थाहा नभएकोले चुपचाप वसिरहेको उनीहरुले बताएका छन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks