पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु
घाइते हुनेमा २५ बर्षकी छोरी भुमी, ३ बर्षकी नातिनी शुशिला, २२ बर्षकी बुहारी मनिषा र घरमुली भीमबहादुर घाइते
प्रदिप पन्त बागलुङ ३१ असार
बागलुङमा पहिरोमा पुरिएर एकैघरका तिन जनाको मुत्यू भएको छ भने चार जना गभ्भिर घाइत भएका छन। गएराती बागलुङको देविस्थान गाविस ७ को व्यङग्रीको भीरमा गएको पहिरोले भिमबहादुर विकको घर पुर्दा १३ बर्षकी छोरी शान्ति, ६ बर्षको छोरा कृष्ण विक र १२ बर्षको छोरा शिवको मृत्यु भएको हो। घाइते हुनेमा २५ बर्षकी छोरी भुमी, ३ बर्षकी नातिनी शुशिला, २२ बर्षकी बुहारी मनिषा र घरमुली भीमबहादुर घाइते भएका हुन्। घर बाहिर गएका छोरा कुवेर भने सकुसल रहेको प्रहरीले बतायो।
घाइते लाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ लगिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय बुर्तिवाङ, प्रहरी चौकी बोहरागाउँका प्रहरी जवानहरु र स्थानीय बासिन्दाले उद्धार गरेका थिए। पहिरोले घर पूर्ण रुपमा नष्ट भएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks