Loving nepal news

Sunday, July 18, 2010

जिल्ला वन कार्यालयले १२ जना अतिक्रमणकारीहरुलाई पक्राउ

जिल्ला वन कार्यालय कञ्चनपुरले १२ जना अतिक्रमणकारीहरुलाई पक्राउ गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा भएको बन अतिक्रमण हटाउन गएको वन कार्यालयको टोलीले अतिक्रमणमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेको हो । रैकवार विचवामा अतिक्रमण भएको राष्ट्रिय वन क्षेत्र खाली गराउन गएको बन कार्यालयको टोलीले अतिक्रमण र काठ तस्करीमा सलग्न रहेका १२ जनालाई पक्राउ गरेको वन अधिकृत रमेश चन्दले जानकारी दिनुभएको छ । पक्राउ पर्नेहरुमा खड्ग वहादुर शाही, कल्यान सिंह धामी, सागर राना, कर्ण्र्ााहादुर सिंह, दशरथ विष्ट, नरवहादुर वम, वलदेव भट्ट, प्रेमलाल चौधरी, मानवहादुर वोहरा, कृष्ण भट्ट, कल्याण बोहरा र शेरवहादुर डगौरा रहेका छन । उनीहरुलाई जिल्ला वनको शसस्त्र वन रक्षा क्याम्पमा राखिएको छ । पक्राउ परेकाहरु मध्ये कतिपय काठतस्कर गिरोहमा संलग्न रहेको भन्दै वन अधिकृत चन्दले उनीहरुका विरुद्व मुद्वा चलाइने बताउनुभयो । वन कार्यालयले रैकवार विचवा गाविसको २, ३ र ६ नम्वर वडामा अतिक्रमणमा परेको राष्ट्रिय वनको ५० हेक्टर क्षेत्रफल जमिन खाली गराएको छ । देशका विभिन्न स्थानहरुमा वनअतिक्रमण हुने गरेको भएपनि कञ्चनपुरमा भने वन कार्यालयले अतिक्रमणकारीहरुलाई हटाउनुका साथै काठ तस्करीमा संलग्नहरु लाई पक्राउ गरेर कारबाही अभियानलाई त्रि्रता दिइरहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks