अपुर्व, १ श्रावण (दैनिकी)
आजकाल बलिउडका मिस्टर परफेक्टनिस्ट अर्थात आमिर खानको दिन निकै बलियो रहेको छ। चलचित्र पीपली लाइवको प्रचारमा व्यस्त रहेका उनलार्इ निकै ठुलो प्रस्ताव आएको छ। यश राज फिल्मसले आफ्नो सफलतम चलचित्र धूमको तेस्रो भागमा आमिर खानलार्इ लिने भएको छ।
हालै आमिर खानले बिश्वकै प्रसिध्द संगितकार गुस्टावो सैनटोलालाका लागि आयोजित रात्री भोजमा यश चोपड़ाले आमिर खानलार्इ भेटेका थिए । यस भेटमा उनीहरू बीच धूमको तेस्रो भाग निर्माण हुने तथा यसमा आमिरलार्इ समावेस गर्नेबारेमा भएको छलफलमा आमिर खानले यस चलचित्रमा काम गर्न मन्जुर गरेका थिए। चलचित्र धूम ३ मा आमिर खान, उदय चोपड़ा, अभिषेक बच्चन तथा ऋतिक रोशनले खेल्ने पक्का भर्इसकेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks