Loving nepal news

Tuesday, July 27, 2010

दुई किशोरी भारतमा बन्धक

रासस

काठमाडौ, श्रावण ११ - बर्दियाका दुई नेपाली किशोरीलाई अपहरण गरी भारत पुर्‍याइएको छ ।

अपहरित किशोरीलाई एक महिनादेखि भारतको बहराई जिल्लाको अमृतपुरस्थित पुरैना गाउँमा डाक्टर भन्ने लालबहादुर भारतीले बन्धक बनाएको पीडितका अभिभावकले बताएका छन् ।

कञ्चनपुर कालिका-१ दशरथ बस्तीकी १४ वर्षिया मायाकुमारी विक र १५ वर्षिया कान्तीकुमारी दमाईलाई स्थानीय अजय रमेश बञ्जाराले अपहरण गरी भारत लगेको विकका बाबु नन्दलालले बताए ।

बञ्जराले कच्चपुरमा मगन्तेरुपमा बस्दै आएका थिए । धेरै मेहनतपछि छोरीहरु भारतको पुरैन गाउँमा भएको जानकारी पाएको अर्का अभिभवाक जितबहादुर दमाईले बताए ।

बन्धक बनाएर राखेका किशोरीको उद्धारमा गएका प्रहरी नायब निरीक्षक श्याम केसी, साथी संस्थालगायतका सङ्घ संस्थाका टोली घटनास्थलमा पुगे पनि रित्तै फर्केका छन् ।

भारतको मूर्तिहाका प्रहरी निरीक्षक मोहम्मद सैयदले चासो नदेखाएका कारण उद्धार हुन नसकेको टोलीले जनाएको छ ।

पीडितका अभिवावक जिल्ला प्रशासन, प्रहरी, सञ्चारकर्मी, मानव अधिकारवादी तथा नागरिक समाजसँग उद्धार गरिदिन आग्रह गर्दै गुलरिया आइपुगेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks