Loving nepal news

Sunday, July 18, 2010

विगतको आर्थिक वर्षको तुलनामा यस वर्षबढी राजश्व संकलन

जिल्ला भन्सार कार्यालय कञ्चनपुरले विगतको आर्थिक वर्षको तुलनामा यस वर्षबढी राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले विगतको तुलनामा यस वर्षा राजश्वमा ३४ प्रतिशत बृद्वि भएको जानकारी दिएको छ । भन्सार कार्यालयका भन्सार अधिकृत ज्ञानेन्द्र राज ढकालले आर्थिक वर्ष२०६६/०६७ मा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको बताउनुभयो । भन्सार कार्यालयले ४ करोड २८ लाख ८६ हजार ७ सय ८४ रकम राजश्व संकलन गरेको छ । ४ करोड १८ लाख राजश्व आर्थिक वर्षा संकलन गर्ने कार्यालयले लक्ष्य लिएको थियो । दाल, चामल, सिमेन्ट, लत्ताकपडा, भाडाकुडा लगायतका अन्य वस्तुहरुबाट बढी राजश्व संकलन हुने गरेको कार्यालयले जनाएको छ । भन्सार अधिकृत ढकालले भारतसंग सहज रुपले आवतजावत भएको खण्डमा राजश्व संकलनमा अझ बढी बृद्वि हुने बताउनुभयो । उहाँले शारदा ब्यारेजमा रहेको बनवासा पुल र टनकपुरमा निर्माण गरिएको पुलमा निर्वाध रुपमा आवतजावतको वातावरण भएको खण्डमा यो नाका भएर भारतसंग ठूलो कारोबार हुने र नेपालको राजश्वमा समेत बृद्वि हुने उल्लेख गर्नुभयो । उहाँले गड्डाचौकी बाहेक जिल्लाका अन्य छोटी भन्सारहरुमा विस्तार गर्न नसकिएका कारणले समेत राजश्व संकलनमा कमि आएको स्वीकार गर्दै अन्य क्षेत्रमा समेत कर्डाईका साथ काम गरेको खण्डमा राजश्व बढ्ने जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks