उमेश ओझा
काठमाडौँ, असार २६ गते । साकिरा समापन गीतको तयारीमा छिन् । स्पेन वा हल्यान्ड पहिलोपटक विश्वकप जित्ने होडमा छन् । अझ दक्षिण अपि|mका आˆनो विश्वकपको समापनको तयारी गर्दैछ तर पेले, प|mेन्ज बेकेनबाउरजस्ता खेलपण्डितलाई चुनौती दिने गरी विचित्रको अक्टोपसको वरिपरि खेलसञ्चार घुमिरहेको छ ।
एकपछि अर्को गर्दै अक्टोपसको भविष्यवाणी मिल्दै गएपछि खेलप्रेमीसँगै जुवाडेहरू, अक्टोपसकै वरिपरि छन् । जे होस्, एकमहिने विश्वकपलेे यसपटक हामीलाई नयाँ विजेतासँग परिचित गराउनेछ ।
युरोपले लगातार दोस्रोपटक विश्वकप भित्र्याउँदैछ, यो त तय भइसक्यो । तर, जित्छ कसले ? पल नामको अक्टोपसले स्पेनलाई रोजेको छ । फाइनलमा स्पेनको प्रतिद्वन्द्वी हल्यान्डको पक्षमा भने चिडियाखानामा रहेको चिम्पान्जी उभिएको छ ।
सन् १९७४ र १९७८ मा उपविजेता बनेको हल्यान्ड र युरो २००८ विजेता स्पेन विश्वकपको मञ्चमा अभागी टिमको रूपमा परिचित छन् । एकले त यसपटक आˆनो दोष पखाल्नेछ । विश्वकपको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-० ले हारेको त्यही स्पेन फाइनलमा छ तर फाइनलको रेप|mी नाम घोषणापछि स्पेन चिढिएको छ । इङ्ल्यान्डका होवार्ड वेब उनै रेप|mी हुन्, जसले स्विट्जरल्यान्डले जितेको खेल सञ्चालन गरेका थिए । अपि|mकी महादेशको पहिलो विश्वकपले नौलो विजेता त तय गरिसकेको छ । पहिलो चरणको उतारचढावपछि दक्षिण अमेरिका एकपटक फेरि विश्वकपमा असफल नै भएको मान्नुपर्छ । उरुग्वेले तेस्रो स्थानका लागि खेलेर त्यस महाधिवेशको प्रतिनिधित्व त गर्यो तर ठूला नाम ब्राजिल र अर्जेन्टिनाले क्वाटरफाइनल पार गर्न सकेनन् । सन् २००६ मा पनि यस्तै भएर त्यही दक्षिण अमेरिकालाई असफल मानिएको थियो ।
ब्राजिलले खेलमा आˆनो परम्परागत छाप छाड्न सकेन । सञ्चारमाध्यममा पनि यसले तुलनात्मक रूपमा नकारात्मक विचार पायो तर उसको छिमेकी अर्जेन्टिना खेल र अन्य पक्षले चर्चामा रहृयो । प्रशिक्षक डियगो म्याराडोना आˆनो भूमिकाले दक्षिण अपि|mकाबाट नफर्कुन्जेल समाचारमा छाइरहे र खेलाडी लियोनेल मेसी समानान्तर रूपमा उनको वरिपरि नै रहेका थिए ।
अर्जेन्टिनीलाई पनि पल अक्टोपससँगै रिस उठेको छ । जर्मनीसँग नराम्रोसँग हार्नुको कारण खोज्नुभन्दा अर्जेन्टिनीहरू अक्टोपसको भविष्यवाणीसँग रुष्ट छन् ।
उद्घाटन खेलमा साकिराको जोशिलो गायनपछि भुभुजेलाको कर्कश ध्वनि यस विश्वकपको एक महìवपूर्ण पाटो बन्यो । अपि|mकी टिमले भुभुजेलाको ध्वनिलाई आˆनो 'टनिक' मानेका थिए । भुभुजेलाले उत्पादकलाई रातारात मनग्गे फाइदा भयो तर अपि|mकी टिम घानाबाहेक सबै पहिलो चरणबाटै बिदा भए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks