Loving nepal news

Tuesday, July 13, 2010

बस र ट्याङ्कर जुध्दा १८ घाईते

बस र ट्याङ्कर जुध्दा १८ घाईते
चितवन २९ असार (दैनिकी)

बस र ट्याङ्कर जुध्दा १८ जना घाईते भएका छन् । नारायणगढ-मुग्लिङ्ग सडकखण्ड अन्तर्गत चितवनको कबिलास-२ खहरेमा मंगलबार विहान बस र ट्याङ्कर जुध्दा १८ जना घाईते भएका हुन । नारायणगढबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२७८ नम्बरको बसको टायर पड्कीएर अनियन्त्रित भई विपरित दिशाबाट आइरहेको बा १ क ३०६० नम्बरको दुध बोकेको ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको हो । घाईतेहरु सबैको खतरामुक्त अबस्थामा चितवनको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks