Loving nepal news

Saturday, July 24, 2010

सुनको मूल्यमा उतारचढाव

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण ९ - स्थानीय बजारमा यस साता सुनको मूल्यमा उतारचढाव आएको छ । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य पहेंलो धातुको भाउमा भएको उतारचढावको कारण स्थानीय बजार प्रभावित भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार साताको पहिलो दिन आइतबार प्रतितोला सुनको मूल्य ३५ हजार ९६ (प्रति दस ग्राम ३० हजार ९०) रुपैयाँ रहेको थियो । सोमबार आइतबारकै मूल्यमा कारोबार भयो ।

मंगलबार प्रति दस ग्राम सुन ३० हजार रुपैयाँमा किनवेच भयो । बुधबार सुनको भाउ फेरि बढेर दस ग्रामको ३० हजार १ सय १० रुपैयाँ कायम भयो । बिहीबार बुधबारकै मूल्यमा सुन खरिद-बिक्री भएको थियो । शुक्रबार केही बढी दस ग्राम मूल्य ३० हजार १ सय ६० रुपैयाँ पुगेको संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा साताको पहिलो दिन प्रतिआउन्स सुनको मूल्य १ हजार १ सय ८४ अमेरिकी डलर रहेको थियो । उतारचढावपछि शुक्रबार प्रतिआउन्स मूल्य १ हजार १ सय ९५ डलर पुग्यो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks