बााके, साउन २ गते । नेपाल खाद्य संस्थानले हुम्लाको सिमिकोटका लागि पठाउने तयारी गरेको चामल करिब दुईसातादेखि विमानस्थलमा थन्किएको छ ।
खराब मौसमका कारण हवाई उडान हुन नपाएपछि हुम्लाका लागि छुट्टाइएको चामल सुर्खेत विमानस्थलमा थन्किएको हो ।
खाद्य संस्थानका शाखा प्रमुख कुलबहादुर गुरुङ्गका अनुसार १५० क्विन्टल बढी चामल हुम्ला पठाउनका लागि राखिएको छ ।
साउने सङ्क्रान्तिका लागि हुम्लाबाट बारम्बार ताकेता आएका कारण २ टि्रप -७२ क्विन्टल चामल) मौसम खुलेको मौका छोपेर पठायौा, गुरुङ्गले भन्नुभयो, ५/७ टि्रप बााकीनै छ ।
पछिल्लो पटक हुम्ला र मुगुका लागि चामल पाठउने तयारी गरिएकोमा मुगुमा पठाइसकिएको संस्थानले जनाएको छ ।
खराब मौसमका कारण एकसाताभित्र उडान हुन नसकेर चामल थन्किरहे चामल ढुवानीका लागि छुट्टाइएको रकम फि्रज हुने सम्भावना बढेको स्रोतले जनाएको छ । संस्थानले ढुवानीका लागि सिमि्रक र श्रीएयरसाग सम्झौतासमेत गरेको छ ।
खाद्य संस्थानले मध्य र सुदुरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा यस आर्थिक वर्षमा ६० हजार क्विन्टल बढी सरकारी अनुदानको चामल वितरण गरेको जनाएको छ ।
संस्थानले गत आर्थिक वर्षमा मध्यपश्चिमका सात र सुदूरपश्चिमको एक जिल्लामा ६० हजार २ सय २७ क्विन्टल अनुदानको चामल वितरण गरेको हो । जसमध्ये हुम्लामा १० हजार ७ सय ५२ क्विन्टल चामल वितरण गरिसकिएको छ ।
खाद्य संस्थानले गत आर्थिक वर्षमा सबै जिल्लामा तोकिएकोभन्दा बढी चामल वितरण गरिएको जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks