Loving nepal news

Monday, July 12, 2010

कोसी ब्यारेजमा खतराको साइरन र रातो वत्ती

कोसी ब्यारेजमा खतराको साइरन र रातो वत्ती
अबधेशकुमार झा
इनरुवा, अषाढ २८ - गत शनिवारदेखी भइरहेको निरन्तरको वर्षा पछि कोसी नदीमा पानीको बहाब बढेको छ । पानी निकासका लागि बनाइएको कोसी ब्यारेजमा सोमबारदेखि खतराको साइरन वजाउन थालिएको छ ।

ब्यारेजमा तीनदिन यता दैनिक रुपमा पानीको बहाज बढदै गएपछि खतराको साइरन वजाउन थालिएको हो । यसैगरि पानी बढदै जादा खतराको संकेत स्वरुप ब्यारेजको पुलको माथिल्लो भागमा सोमबारदेखि रातो बत्ती समेत बालिएको छ ।

सोमबार साँझ सवा ५ वजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर कुल एक लाख ७३ हजार चार सय १० क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाब रहेको कोसी ब्यारेज प्रहरी चौकीका प्रहरी नायब निरिक्षक राजु बिष्टले जानकारी दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks