कपिल भट्ट/कैलाली, १ साउन
बर्षायामसगै नदीमा पानीको जलस्तर बढेपछि डल्फिन देखिन थालेका डल्फिन संरक्षण उपकेन्द्र ढुङ्गानाटोल नारायणपुरका सचिव भोजराज ढुङ्गानाले जानकारी दिनुभयो ।
कैलालीका पथरैया, कान्द्रा, खुटीया मोहना लगायत सहायक नदीहरुको जलक्षेत्रमा प्रत्येक बर्ष एक सय भन्दा बढी डल्फिन आवतजावत गर्ने उहाँले बताउनुभयो ।
डल्फिन विज्ञहरुको भनाईमा विश्वमा नै दुर्लभ रहेका गंगेटिक प्रजातिका डल्फिनहरु यसक्षेत्रमा पाईने गरेका छन । नेपालको तर्राईदेखि लिएर भारत र बङगलादेशमा मात्रै यिनीहरु पाइने गरेका डल्फिन संरक्षणमा केन्द्र थापापुरका अध्यक्ष भोजराज श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार गंगेटिक प्रजातिका डल्फिनहरु बषर्याममा बङ्गलादेशको खाँडीदेखि भारत हुदै नेपालको तर्राई क्षेत्रका नदीहरुमा आवतजावत गर्ने गर्छन् । बर्षायामको समाप्तिसगै कैलालीका नदीमा जलस्तर घट्न थालेपछि यिनीहरु पूनः फर्किने गरेको उहाले बताउनुभयो ।
नेपालका रैथाने डल्फिनहरु कर्णाली र गेरुवा नदीको माथिल्लो धार र अरु डल्फिनहरु भारतहुदै बङ्लादेशतिर जाने गरेका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks