कान्तिपुर संवाददाता
बारा, श्रावण १५ - पूर्व युवराज पारस शाहले बाराको प्रष्टोका ५ मा २२ वर्ष अगाडि स्थापना भएको एक सरकारी विद्यालयको शनिबार उदघाटन गरेका छन ।
२०४५ सालमा स्थापना भएको स्थानिय नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको फित्ता काटेर उनले उद्घाटन गरेका हुन् ।
विद्यालय समुदघाटन गर्न र स्थानिय रामजानकी मन्दिरमा पूजा गर्न फिस्टेल एयरको हेलिकप्टरबाट उनी दिउँसो पौने दुई बजे प्रष्टोका आएका हुन ।
अत्यन्त हषिर्त मुद्रामा रहेका पारस हात हल्लाउदै हेलिकप्टरबाट झरेर सहयोगी र आयोजकको मद्दतले स्थानिय रामजानकी मन्दिर परिसरमा रहेका विभिन्न देवी देवताको धार्मिक विधि अनुसार पूजा आजा गरेका थिए ।
पूजा सकेर आफ्ना शुभचिन्तक र जनतासंग भेटघाट गर्दै र फुलमाला संकल गर्दै विद्यालय व्यवस्थापन समितिले तयार गरेको मञ्चमा पुगेका थिए ।
मञ्चबाट हात हल्लाई र हात जोडेर जनतालाई नमस्कार गर्दै आफ्ना शुभचिन्तकहरुसंग सुरक्षा स्थितिबारे जानकारी लिएका थिए ।
स्थानियबासी राजा आउ देश बचाउ, युवराजको जय हो जस्ता नारा गुन्जयमान भएको थियो ।
उदघाटन पछि पारसले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकहरु, शुभचिन्तकहरुसंग गोप्य कोठामा करीब १५ मिनेट भेटघाट गरेका थिए ।
भेटघाटको क्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मणजी साहले विद्यालयको समस्या र विद्यालयको कक्षा कोठाको अभावको बारेमा उनलाई अवगत गराउदै सहयोगको माग गरेका थिए । प्रतिउत्तरमा युवराज पारसले भने, 'विद्यालयमा आवश्यक कोठाको लागी ईस्टिमेट गराएपछि मलाई जानकारी दिनुस म सहयोग गर्छु' विद्यालय अध्यक्ष उनको भनाइलाई गद्धत गर्दै भने । सात वटा कक्षाकोठा रहेको उक्त विद्यालयमा नौ सय विद्यार्थी अध्यनरत छन जस मध्ये ४५ प्रतिश विद्यार्थी विद्यालयको चौरमै बसेर पढन बाध्य छन विद्यालयले बताएको छ ।
भेटघाट पुजाआजा, उदघाटन लगायतमा करीब एक घण्टा समय खर्चेका पुर्व युवराज पारस दिउसो करीब पौने तीन बजे त्यहाबाट फर्केका थिए ।
उनको स्वागतमा आयोजकले व्यापक रुपमा स्कुले बालबालिकाको प्रयोग गरेको थियो । बालबालिकाहरुले पारसको जयजयकार गर्दै र्याली प्रदर्शन गरेका थिए ।
उक्त स्थलमा श्री ५ युवराज धिराज पारस वीर वीक्रम शाहदेवको जय जय लेखिएको फोटो सहतिको भेष्ट लगाएर उनका शुभचिन्तक र स्थानिय करीब तीन सय युवा परिचालन भएको मन्दिर व्यवस्थापन पक्षका असर्फी साहले बताए ।
उक्त क्षेत्रमा पारसको सुरक्षार्थ सादा पोशाक र वर्दीमा गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करीब तीन सय भन्दा बढी सुरक्षा कर्मी परिचालन भएका थिए ।
त्याहाको वातावरण र सुरक्षा व्यवस्थाले पारस हालकै युवराजधिराज हुन पुर्व होईनन जस्तो भान हुन्थ्यो प्रत्यक्षदर्शीहरुले बताएका छन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks