बैंकको चल्ती खातावाट रुपैंया गायव
रविन भट्टर्राई/ताप्लेजुङ, असार २९
पाँचथरको मङजावुङ गाविस ७ स्थित धाम सरस्वती निम्न माध्यामिक विद्यालयको नेपाल बैंक लिमिटेड फिदिममा खोलिएको चल्ती खातावाट रकम गायव भएको छ । प्रधानाध्यापक देवनारायण यादव र विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णवहादुर वस्नेतको संयुक्त दस्तखतवाट कारोवार हुँदै आएको चेकवाट असार ३ गते बैंकवाट रकम गायव भएको हो ।
प्रधानाध्यापक यादवका अनुसार कार्यालयमा राखिने गरेको बिद्यालयको चेक वुकवाट ३९०५४९४७ र ३९०५४९४८ नम्वरका २ पाना चेक च्यातेर किर्ते हस्ताक्षर गरी पन्चानव्वे हजार रुपैंया झिकिएको पाइएको छ ।यसरी कार्यालयमा राखिएको चेक चोरी गरी बैकको खातावाट पैसा झिकिएको घट्नावारे आवस्यक छानविन गर्न माग गर्दै प्रअ यादवले मंगलवार जिल्ला प्रशासन कार्यालय पाँचथरमा उजुरी दर्ता गराएका छन ।
"म र अध्यक्षको संयुक्त दस्तखतवाट कारोवार गरिन्थ्यो प्रधानाध्यापक यादव भन्छन कार्यालयमा राखेको चेक चोरी गरी मेरै दस्तखत किर्ते गरेर रकम झिकिएछ ।"यसरी बैकवाट रकम गायव भएको घट्ना आफुले दुइदिन अघि शिक्षकहरुको चौमासिक निकासाका लागि बैंक आँउदा मात्र थाहा पाएको पनि उनको भनाई छ ।कार्यालयको दराजमा चेकवुक राखिने कुरा विद्यालयका स्टाफ र व्यवस्थापन समितिका अध्यक्षलाई मात्र थाहा भएकाले उनीहरु मध्येवाटै यस्तो घटना घटाइएको हुनसक्ने यादवले जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको उजुरीमा उल्लेख छ । बैंकवाट भुक्तानी भएको चेकमा गरिएको व्यवस्थापन समितिका अध्यक्षको हस्ताक्षर चाँहि सक्कली वा नक्ककली भन्ने विषय भने उजुरीमा खुलाइएको छैन ।
प्रमूख जिल्ला अधिकारी डुल्लुराज वस्नेतले प्रधानाध्यापकको उजुरी पर्नासाथ प्रशासनले बैंकवाट साटिएको चेकको फोटोकपी र विद्यालयका कर्मचारीहरुको हस्ताक्षर र दस्तखत अनुसन्धानका लागि मगाइएको जानकारी दिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks