लुटेराको खुकुरी प्रहारले तीन घाइते
मकर श्रेष्ठ
भक्तपुर , अषाढ ३० - भक्तपुरको दुवाकोट २ तल्लो हाइटमा मंगलबार राति लुटेराको खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन् ।
रातिको समयमा चोरी गर्न आएका समूहलाई प्रतिकार गर्न डेरा खोज्दा रामेछाप लखनपुर ६ घर भई दुवाकोटमा पूर्ण भक्त कोजुको घरमा डेरा गरी बसेका ३० बर्षीय गंगाबहादुर योन्जन, उनको ३१ बर्षीया श्रीमती मिनाकुमारी र फुपु नाता पर्ने रिना घिसिङ घाइते भएको महानगरीय प्रहरी बृत ठिमीका प्रहरी निरीक्षक बलराम बिष्टले जानकारी दिए । घाइते तीन जनाको टाउकोमा चोट लागेको छ । उनीहरुको भक्तपुरस्थित इवामुरा अस्पतालमा उपचार भइरहेको उहाले जानकारी दिनुभयो ।
तीनै जनालाई घाइते बनाई लुटेराको समूहले ४० हजार नगद, एक तोला सुन, दुई वटा मोवाइल लगेको प्रहरी जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks