Loving nepal news

Friday, July 16, 2010

मलेसियामा नेपालीद्वारा आत्महत्या

मलेसियामा नेपालीद्वारा आत्महत्या
रामचन्द्र नेपाल
मलेसिया, अषाढ ३२ - जोहोरवारुको देशाचेम्वरलाङमा रहेको ज्यायीवीन कम्पनीमा कार्यरत आमचोक-७ इलामका २९ वषिर्य इन्द्र वहादुर खड्काले बुधबार आत्महत्या गरेका छन् ।

छ वर्षअगाडि फस्ट ग्रोथ मेनपावर शान्तिनगरवाट रोजगारीको शिलशिलामा मलेसिया आएका खड्काले काम गर्ने कम्पनीमै झुण्डिएर आत्महत्या गरेका हुन् ।

वेलुका ८ वजे कम्पनीमा छिरेका उनले कम्पनी भित्रै करीव साढे ९ वजेतिर आत्महत्या गरेका० बताइएको छ । उनको शवलाई पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ ।

पोष्टमार्टम पश्चात शव नेपाल पर्ठाईदिने कम्पनीले जनाएको छ । खड्का विवाहीत भएको पारिवारिक श्रोतवाट थाहा भएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks