कान्तिपुर संवाददाता
काठमाडौं, श्रावण १२ - सरकारले नयाँ बैंक खोल्न कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै बाणिज्य बैंक स्थापनामा कडाइ गरेको हो ।
मौद्रिक नीतिमा अर्को व्यवस्था नभएसम्म नयाँ बैंक दर्ता नगर्ने उल्लेख छ । धेरै बैंक भएकाले गुणस्तर सुधारका लागि यस्तो विनियम बनाइएको राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले जानकारी दिए ।
पूर्वाधार विकासका लागि दीर्घकालीन लगानी गर्ने उदेश्यले स्थापना हुन चाहने वित्तिय संस्थाका लागि छुट्टै मापदण्ड तयार गरिने गर्भनर खतिवडाले जानकारी दिए ।
राष्ट्र बैंकले घरजग्गामा गर्ने लगानीलाई भने केही खुकुलो पारेको छ । आवास क्षेत्रको कर्जालाई केही खुकुलो बनाइएपनि जग्गा जमिन खरिदमा भने बैंकको कुल कर्जाको १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने मौद्रिक नीतिमा उल्लेख छ ।
राष्ट्र बैंकले मुलुकले खेपिरहेको शोधनान्तर घाटालाई नयाँ आर्थिक वर्षमा ९ अर्ब वचत गर्ने लक्ष्य लिएको छ । मूल्य बृद्धि ७ प्रतिशतमा पुर्याउने मौद्रिक नीतिमा उल्लेख छ । वार्षिक आर्थिक वृद्धिदर भने ५ दशमलव ५ प्रतिशतमा पुर्याउने लक्ष्य राखिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks