माधब अर्याल
पाल्पा, श्रावण ११ - तम्घास सडक अन्र्तगत पाल्पाको बन्दीपोखरा, ७ जोगीपानीमा मंगलवार दिउसो भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ८ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ । दुर्घटनामा परी वुटवल नगरपालीका, ६ का २३ वर्षका राजीव बस्नेत र यात्रु गुल्मी आंपचौर, ७ इन्द्रेगौडाका ७४ वर्षीय कुलबहादुर विकको मृत्यु भएको छ ।
बस्नेतको घटनास्थलमै र विकको उपचारको लागि तानसेन स्थित मिसन अस्पतालमा लैजादै गर्दा मृत्यू भएको हो । दुर्घटनामा परी पाल्पा भैरवस्थान, ९ का किशोर कार्की, दोभान, १ का रविसरा पोखरेल, तानसेन, ३ की विष्णु थापा, रुपन्देही वुटवलका रवि थापा, गुल्मी आंपचौरकी लक्ष्मी वि.क. र उनका तीन छोराछोरी कमल, अमर र सम्झना घाइते भएका छन् ।
घाइतेहरुको तानसेन स्थित मिसन अस्पतालमा उपचार भैरहेको छ । वुटवलवाट पाल्पा हुदै गुल्मीको वामीटक्सार जादै गरेको लु १ ख ३९९६ नम्वरको बस सांघुरो सडकमा अर्को सवारीलाई साईड दिने क्रममा बाटो भासिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रत्यक्ष्ादर्शीका अनुसार पानी परेको र सडक छेउ कमजोर भएको अवस्थामा बस छेउवाटै लैजादा बाटो भासिएको हो ।
दुर्घटनास्थल २० मीटर नजिकमै घर रहेको छ । भैसीको गोठमा समेत बसले क्षति पुर्याएको छ । भैसीलाई भने तत्काल फुकाएर बाहिर निकाल्न सफल भएको स्थानीय गणेशराज गहतराजले बताए । उनका अनुसार बसलाई भैसी गोठ र दाउरा राख्ने स्थलले अड्याएकै कारण ठुलो दुर्घटना हुनबाट बचेको हो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks