बुटवल, श्रावण ९ - बुटवलको लुम्विनी बाणिज्य क्याम्पसका विद्यार्थी संगठनबीच आइतबार झडप हुँदा चार जना घाइते भएका छन् । क्याम्पसमा उत्पन्न तनावका कारण क्याम्पस दुई दिनकालागि बन्द गरिएको छ ।
विद्यार्थी संगठनको बोर्ड राख्ने विषयमा स्वतन्त्र विद्यार्थी युनियन तथा अनेरास्ववियु सम्वद्ध विद्यार्थी र नेविसंघका विद्यार्थीबीच भएको झडपमा नेविसंघका चार विद्यार्थी घाइते भएका हुन् । झडपमा टंक पाण्डे, प्रकाश पन्थी, यदुमणी पोखरेल र शक्ति घिमिरे घाइते भएका छन् । उनीहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
झडपपछि नेविसंघका कार्यकर्ताले क्याम्पसको स्ववियु भवनमा आगो लगाइदिनुका साथै तोडफोड समेत गरेका छन् । तोडफोड तथा आगजनीबाट स्ववियु भवनका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । नेविसंघले आफ्ना कार्यकर्तामाथि स्ववियु पदाधिकारीहरुले आक्रमण गरेपछि आक्रोसित विद्यार्थी तोडफोडमा उत्रेको दावी गरेको छ ।
यता स्ववियु सभापति सन्दीप विकले भने बोर्ड राख्ने कि नराख्ने भन्ने विषयमा क्याम्पसमा छलफल भइरहेका बेला नेविसघंका कार्यकर्ताले स्ववियुको बोर्ड तोडफोड गर्न थालेपछि विद्यार्थीहरुले प्रतिकार गर्दा नेविसंघका विद्यार्थी घाइते भएका दावी गरे ।
क्याम्पस प्राङ्गणमा राखिएको नेविसंघको बोर्ड तोडफोड भएपछि अनेरास्ववियु र नेविसंघवीच विवाद चर्किएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks