Loving nepal news

Friday, July 23, 2010

मोटरसाइकलको व्यापार ४२ प्रतिशतले बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण ८ - अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वाग्मती अञ्चलमा मोटरसाइकलको व्यापार ४२ प्रतिशतले बढेको छ । बैंकमा तरलताको अभावको बाबजुद नेपालका दुईपांग्रे सवारी बिक्री गर्ने

कम्पनीको आक्रामक बजार विस्तारको योजनाले दुईपांग्रे सवारी साधनको व्यापार उच्च दरले बढेको हो ।

वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयका अनुसार आव ०६६/६७ मा ६९ हजार ३ सय ५९ वटा दुईपांग्रे सवारी साधान दर्ता भएका छन् । अघिल्लो वर्ष यो संख्या ४८ हजार ८ सय ११ थियो ।

कार्यालयले यसमध्ये ५ सय २ सरकारी प्रयोजनका लागि ल्याइएको जनाएको छ । त्यस्तै २६ वटा सार्वजनिक संस्था र १ सय २३ वटा कूटनीतिक नियोगले ल्याएको कार्यालयले जनाएको छ ।

'चारपांग्रे सवारी साधनको तुलनामा दुईपांग्रेमा धेरैको पहुँच र किन्न सजिलो छ,' कार्यालयको मोटरसाइकल युनिटका उपसचिव मदनसिंह महतले भने, 'त्यसैले यसको बिक्री लगातार बढिरहेको हो ।' दुईपांग्रे सवारी साधन बिक्री गर्ने कम्पनीबीच भएको तीव्र प्रतिस्पर्धाका कारण उनीहरूले ल्याएका विभिन्न प्रवर्द्धनात्मक योजनाले बिक्री संख्या बढाउन सघाएको छ ।

वाग्मती अञ्चलमा दर्ता भएको सवारी साधन वाग्मती अञ्चलका सबै जिल्लामा बिक्री हुन्छन् । यस क्षेत्रले नेपालको दुईपांग्रे बजारको सबैभन्दा बढी हिस्सा ओगटेको छ । कार्यालयका अनुसार नेपालमा बिक्री हुने दुईपांग्रे र चारपांग्रे सवारी साधनमा वाग्मती अञ्चलको हिस्सा ५० देखि ७० प्रतिशत रहेको छ । अघिल्लो आवमा देशभर ८३ हजार ३ सय ३३ वटा मोटरसाइकल दर्ता भएका थिए । जसमध्ये ४८ हजार ८ सय ११ वटा वाग्मती अञ्चलमा मात्र दर्ता भएका थिए ।

गत आवमा सबैभन्दा बढी मोटरसाइकल मंसिरमा दर्ता भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यसबेला ७ हजार ४ सय १० वटा मोटरसाइकल बिक्री भएको थियो । फागुन महिनामा सबैभन्दा कम दुईपांग्रे सवारी साधन दर्ता भएका थिए । कार्यालयका अनुसार त्यसबेला ३ हजार ९ सय ९९ माटेराइकल दर्ता भए ।

महतका अनुसार आर्थिक वर्षको अन्तिम महिनामा ७ हजार मोटरसाइकल दर्ता हुने आशा गरिए पनि त्यो भएन । बजेट नआएपछि आयात भन्सार दरमा नबढ्ने

देखेर बिक्रेताले धेरै बाइक नल्याएको उनको भनाइ छ ।काठमाडौ, श्रावण ८ - अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वाग्मती अञ्चलमा मोटरसाइकलको व्यापार ४२ प्रतिशतले बढेको छ । बैंकमा तरलताको अभावको बाबजुद नेपालका दुईपांग्रे सवारी बिक्री गर्ने कम्पनीको आक्रामक बजार विस्तारको योजनाले दुईपांग्रे सवारी साधनको व्यापार उच्च दरले बढेको हो । वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयका अनुसार आव ०६६/६७ मा ६९ हजार ३ सय ५९ वटा दुईपांग्रे सवारी साधान दर्ता भएका छन् । अघिल्लो वर्ष यो संख्या ४८ हजार ८ सय ११ थियो । कार्यालयले यसमध्ये ५ सय २ सरकारी प्रयोजनका लागि ल्याइएको जनाएको छ । त्यस्तै २६ वटा सार्वजनिक संस्था र १ सय २३ वटा कूटनीतिक नियोगले ल्याएको कार्यालयले जनाएको छ । 'चारपांग्रे सवारी साधनको तुलनामा दुईपांग्रेमा धेरैको पहुँच र किन्न सजिलो छ,' कार्यालयको मोटरसाइकल युनिटका उपसचिव मदनसिंह महतले भने, 'त्यसैले यसको बिक्री लगातार बढिरहेको हो ।' दुईपांग्रे सवारी साधन बिक्री गर्ने कम्पनीबीच भएको तीव्र प्रतिस्पर्धाका कारण उनीहरूले ल्याएका विभिन्न प्रवर्द्धनात्मक योजनाले बिक्री संख्या बढाउन सघाएको छ । वाग्मती अञ्चलमा दर्ता भएको सवारी साधन वाग्मती अञ्चलका सबै जिल्लामा बिक्री हुन्छन् । यस क्षेत्रले नेपालको दुईपांग्रे बजारको सबैभन्दा बढी हिस्सा ओगटेको छ । कार्यालयका अनुसार नेपालमा बिक्री हुने दुईपांग्रे र चारपांग्रे सवारी साधनमा वाग्मती अञ्चलको हिस्सा ५० देखि ७० प्रतिशत रहेको छ । अघिल्लो आवमा देशभर ८३ हजार ३ सय ३३ वटा मोटरसाइकल दर्ता भएका थिए । जसमध्ये ४८ हजार ८ सय ११ वटा वाग्मती अञ्चलमा मात्र दर्ता भएका थिए । गत आवमा सबैभन्दा बढी मोटरसाइकल मंसिरमा दर्ता भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यसबेला ७ हजार ४ सय १० वटा मोटरसाइकल बिक्री भएको थियो । फागुन महिनामा सबैभन्दा कम दुईपांग्रे सवारी साधन दर्ता भएका थिए । कार्यालयका अनुसार त्यसबेला ३ हजार ९ सय ९९ माटेराइकल दर्ता भए । महतका अनुसार आर्थिक वर्षको अन्तिम महिनामा ७ हजार मोटरसाइकल दर्ता हुने आशा गरिए पनि त्यो भएन । बजेट नआएपछि आयात भन्सार दरमा नबढ्ने देखेर बिक्रेताले धेरै बाइक नल्याएको उनको भनाइ छ । गत आवमा तुलनात्मक रूपमा बजाज कम्पनीका मोटरसाइकल दर्ता अघिल्लो वर्षमा भन्दा धेरैले बढेको छ । 'अन्य कम्पनीको दाँजोमा गत आवमा बजाज कम्पनीका बाइकको दर्ता बढेको देखिन्छ,' उनले थपे । नेपालमा बजाजका बाइक बिक्री हंसराज हुलासचन्द्र कम्पनीले गर्छ । यो गोल्छा अर्गनाइजेसनअन्तर्गतको हो । यसले बजार बाइकको खरिदमा २१ इन्चको टेलिभिजन निःशुल्क दिने योजना ल्याएकाले पनि बिक्री बढेको बताइएको छ । 'अघिल्लो आवको दाँजोमा गत आवमा हाम्रो व्यापार ४५ देखि ६० प्रतिशतले बढेको छ,' गोल्छा अर्गनाइजेसनका निर्देशक शेखर गोल्छाले भने । नेपाली बजारमा मुख्यगरी होन्डा, हिरोहोन्डा, यमाहा, सुजुकी, टिभिएसका बाइक बिक्री

गत आवमा तुलनात्मक रूपमा बजाज कम्पनीका मोटरसाइकल दर्ता अघिल्लो वर्षमा भन्दा धेरैले बढेको छ ।

'अन्य कम्पनीको दाँजोमा गत आवमा बजाज कम्पनीका बाइकको दर्ता बढेको देखिन्छ,' उनले थपे ।

नेपालमा बजाजका बाइक बिक्री हंसराज हुलासचन्द्र कम्पनीले गर्छ ।

यो गोल्छा अर्गनाइजेसनअन्तर्गतको हो । यसले बजार बाइकको खरिदमा २१ इन्चको टेलिभिजन निःशुल्क दिने योजना ल्याएकाले पनि बिक्री बढेको बताइएको छ ।

'अघिल्लो आवको दाँजोमा गत आवमा हाम्रो व्यापार ४५ देखि ६० प्रतिशतले बढेको छ,' गोल्छा अर्गनाइजेसनका निर्देशक शेखर गोल्छाले भने ।

नेपाली बजारमा मुख्यगरी होन्डा, हिरोहोन्डा, यमाहा, सुजुकी, टिभिएसका बाइक बिक्री

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks