काठमाडौं, श्रावण ५ - कांग्रेसका प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेलले शुक्रबार पुनः हुने प्रधानमन्त्री निर्वाचनमा आफूले जित्ने विश्वास व्यक्त गरेका छन् ।
'जो-जो आजको निर्वाचनमा तटस्थ बस्नुभएको थियो,' बुधबार प्रधानमन्त्री निर्वाचनपछि संसद बाहिर पत्रकारहरुसित कुरा गर्दै उनले भने, 'उहाँहरु सवैले मलाई भोट दिनुहुन्छ, त्यसैले म जित्छु ।'
कांग्रेसका उम्मेदवार पौडेलको पक्षमा १ सय २४ मतमात्र प्राप्त भएपछि उनी पराजित भएका थिए । उनको विपक्षमा २ सय ३५ र तटस्थमा २२८ मत परेको छ ।
पौडेलले आफू शान्ति, लोकतन्त्र, मधेसी, आदिवासी, जनजाति तथा महिलाका मुद्दाहरुलाई सम्वोधन गर्न पूणरुपमा प्रतिवद्ध रहेको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks