काठमाडौ, श्रावण ४ - प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गरेलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालले समर्थन जुटाउन पहल गरेका छन् ।
दाहालले मंगलबार साँझ नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा मधेसी नेताहरुसित छलफल गरेका छन् । दाहालले पहिले मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग आफूलाई सहयोग गर्न आग्रह गर्दै भेट गरे ।
यादवसँगको भेटपछि दाहालले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटे । मधेसी नेताहरुले शान्ति, संविधान तथा मधेसका मुद्दामा प्रतिवद्धता जनाए माओवादीलाई समर्थन गर्ने प्रतिक्रिया दिएका छन् ।
प्रमुख तीन दल माओवादी, कांग्रेस र एमालेले उम्मेदवारी दर्ता गराएपछि नयाँ समीकरणका लागि मधेसवादी दल निर्णायक मानिएका छन् । मधेसवादी दलहरुले पनि कुन दललाई समर्थन गर्ने निर्णय गरेका छैनन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks