चितवन , अषाढ २७ - रातभरि परेको अविरल वर्षापछि खसेको पहिरोका कारण चितवनको मुग्लिन नारायणगढ सडकखण्ड आइतबार बिहानदेखि अवरुद्ध भएको छ ।
दारेचोकस्थित खहरेखोलानजिक गएको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको मुग्लिन प्रहरीले जनाएको छ ।
बिहान पौने ५ बजेपछि सडक अवरुद्ध हुँदा यात्रुहरूबीच बाटोमै अलपत्र परेका छन् ।
अहिले मुग्लिनबाट प्रहरीको एकटोली पहिरो गएको स्थलमा पुगेको छ भने सडक डिभिजन कार्यालय, भरतपुरबाट गएको डोजरले पहिरो हटाउन सुरु गरेको प्रहरीले जनाएको छ ।
यअघि पनि पानी पर्ने बित्तिकै सो सडकखण्डमा पटकपटक पहिरो गएका कारण सडक अवरुद्ध हुँदै आएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks