Loving nepal news

Monday, July 26, 2010

स्कुल बसको ठक्करबाट तीन घाइते

प्रतिमा बाँस्कोटा

काठमाडौ, श्रावण ११ - मोर्डन इण्डियन स्कुलको विद्यार्थी ओसार्ने बसले तीन वटा मोटरसाइकललाई ठक्कर दिदा तीन जना घाइते भएका छन् । जमलबाट लैनचोरतर्फ जाँदै गरेको ना १ ख १०२० नम्वरको बसले मंगलबार उक्त ठक्कर दिएको हो । ब्रेक फेल भएर अनियन्त्रित भएको उक्त बसले अगाडी गुडीरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल यात्री अविन्द्र श्रेष्ठको बीर अस्पतालमा उपचार भइरहेको उनको अवस्था गम्भीर छ । त्यसैगरी बिजय गुरुङको मोडल अस्पतालमा उपचार भइरहेको छ । सानुराज श्रेष्ठ सामान्य उपचारपछि घर फर्किएका छन् ।

बसका चालक आशिषकुमार शाहीलाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थी पुर्‍याएर फर्किएकाले बसमा कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks